विश्वकप छनोट: युएईले दियो नेपाललाई १८२ रनको लक्ष्य!

डेली न्युजराप्ती       १७ असार २०८० १९:३५ मा प्रकाशित     199 No Comments

काठमाडौ ,१७ असार/ आइसिसी विश्वकप छनोट अन्र्तगत प्लेअफ खेलमा नेपालसंग खेलिरहेको युएईले १८२ रनको लक्ष्य दिएको छ । हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्ता पाएको युएई ४६ दशमलब ५ ओभरमा १८१ रनमा अलआउट भयो ।

जसमा वृत अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले ३, गुल्शन झा,दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीले एक एक विेकट लिए ।

नेपालले आज तीन परिवर्तन गरेको छ । अर्जुन साउँद, ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीलाई खेलाएको छ । आसिफ शेख,कुशल मल्ल र ललित नारायणवंसीलाई बेञ्चमा राखिएको छ ।

सुपर सिक्सबाट बाहिरिसकेका नेपाल र युएईबीचको खेल सातौं स्थानको लागि सेमिफाइनलको रुपमा रहेको छ । यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपाल युएईलाई हराउँदै टेस्ट टोली आयरल्यान्डसँग खेल्ने लक्ष्यमा छ ।

नेपाल र युएई एक् दिवसीय अन्तराष्ट्रियका लागि चिरपरिचित प्रतिद्वन्दी रहेका छन् । नेपालले युएईसँग अहिलेसम्म १४ एक दिवसीय खेल खेलको छ । जसमा नेपाल आठ र युएई ६ पटक विजयी भएका छन् ।

पहिलो प्लेअफ खेलमा आयरल्याण्ड विजयी भएको थियो । शुक्रबार भएको खेलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो । नेपाल र युएई बीचको खेलमा पराजित हुने टोलीले अमेरिकासँग नवौं स्थानका लागि खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार