दाङमा एउटै वडाबाट २०० युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश

डेली न्युजराप्ती       ७ कार्तिक २०७८ १७:४८ मा प्रकाशित     531 No Comments


दोर्ण केसि,दाङ। तुलसीपुर उप–महानगरपालिका –३ गहतेस्थित सालघारी टोल बिकास समितिका सम्पूर्ण युवाहरू विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल तुलसीपुर उप–महानगरपालिका–३ नं. वडा कमिटीमा बिस्तार भएका छन।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल तुलसीपुर उपमहानगरपालि वडा नं. ३ का अध्यक्ष डम्बर नेपालीको अध्यक्षता एवम युवा संगठन नेपाल दाङ जिल्ला सचिव सुदर्शनको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर –३ का वडा सेक्रेटरी बालकृष्ण खरेलको विशिष्ट आतिथ्यतामा सम्पन्न सो पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० युवाहरू संगठनमा समाहित भएका हुन । उक्त कार्यक्रममा जनपत्रकार संगठन नेपाल दाङका सहसचिव दोर्ण केसी लगायतको सहभागिता रहेको थियोे ।

कार्यक्रमले केशव घर्तीको अध्यक्षतामा पछि थप गर्ने गरि २०० सदस्यीय युवा संगठन नेपाल तुलसीपुर उप–महानगरपालिका –३ गहतेस्थित सालघारी टोल बिकास संस्था बिस्मुरे सेल कमिटी गठन गरेको छ। कार्यक्रमको सहजीकरण युवा संगठनका तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष डम्बर नेपालीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार