युवा संगठन नेपालले एमसिसि खारेजीका लागि संकलित डेढ लाख हस्ताक्षर प्रधानमन्त्रीलाई बुझायो

डेली न्युजराप्ती       १९ असार २०८० १७:२७ मा प्रकाशित     667 No Comments

हेमन्त प्रकाश ओली ।
असार १९ , दाङ । युवा संगठन नेपालले एमसिसि सम्झौता खारेजि , कथित भारतीय सांस्कृतिक नक्सा र लघुबित्तको ज्यादती विरुद्ध देशभरबाट संकलित डेढ लाख हस्ताक्षर प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ ।

मंगलबार संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली सी , महासचिव तिलक सी सहितका नेताहरु प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौंमा पुगि ज्ञापनपत्र तथा हस्ताक्षर बुझाएका हुन् ।

संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली सीद्वारा हस्ताक्षरित ज्ञापनपत्र तथा हस्ताक्षर बुझाउने बारे जारी गरिएको पत्रमा नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (mcc) बिच भएको सम्झौता तत्काल खारेज गर्नुपर्ने , भारत सरकारद्वारा भारतिय संसद भवनमा राखियको कथित अखण्ड भारतको नक्सामा नेपालको भुमी समेटिएको हुँदा नेपाल सरकारको आधिकारिक धारणा सार्बजनिक गर्न र भारत सरकार संग कुटनितिक पहल गरि उक्त नक्साबाट नेपाली भुमी अलग गर्न र लघुबित बित्तीय संघ/संस्था, मिटरब्याजी र मेनपावरहरुको ज्याजतिलाई पुर्ण रुपमा निस्तेज गरि पिडितहरुलाई न्याय दिन र पिडकहरुलाई कानुनी कार्बाही गर्न जोडदार माग गरिएको छ ।

यस्तै जारी ज्ञापनपत्रमा आजको विश्वको प्रमुख समस्या भनेको भुमण्डलिकृत पुँजिवाद र त्यसले अवलम्बन गरेको आर्थ नीति, राजनिती, कुटनिती तथा रक्षा निति भएको उल्लेख गरिएको छ ।

जारी ज्ञापनपत्रमा भनिएको छ – ‘आफ्नो स्वार्थ पूरा गर्नको लागि हदैसम्म लचक र क्रूर हुनसक्ने साम्राज्यवाद तथा भुमण्डलिकृत पुँजिवादको मुख्य विशेषता हो । पछिल्लो चरण साम्राज्यवादिहरुको यात्रा एसियाको यात्रा रहेको छ । साम्राज्यवादले आफ्नो मृत्युको घण्टी एसिया महादीपबाट बजेको प्रष्ट सुनेको वा देखेको छ । अमेरिकाको मुख्य चुनौती भनेको अबको विश्वमा महाशक्तिको रुपमा उदाउदै गरेको चिन नै मुख्य चुनौती बनिरहेको छ । तसर्थ आफ्नो एकक्षत्र रजाई कायम राख्न र बिश्वबाट हँसिया हथौडा अंकित झण्डा सदाको लागि अन्त्य गर्नु अमेरिकाको मुख्य लक्ष्य रहेको छ । फलत: एसियालाई जित्न वा चिनलाई ठेगान लगाउन दक्षिण एसिया खासगरि नेपाललाई उपयुक्त स्थानको रुपमा छनोट गरेको छ । त्यसैले साम्राज्यवाद (अमेरिका) नेपालमा प्रेवस गर्नको लागि राजनिती , कुटनिती , आर्थिक , धर्म , संस्कृति , र विभिन्न एनजियो , आइएनजियो आदि मार्फत सहज रुपमा प्रवेश गर्न चाहान्छ। त्यसकै परिणामस्वरूप mcc भित्रीएको छ । तसर्थ: तत्कालीन रुपमा जनतालाई भ्रमित गरेपनि यो रणनीतिक लक्ष्य बोकेको सप्ट पावर हो । एमसिसी सम्झौतामा उल्लेख गरियका धारा , उपधारा र अनुसुची वा प्रावधान वा अमेरिकाको भित्री उदेश्य नेपाल र नेपाली जनताको हितमा नभएको हुनाले यसको तत्काल खारेज हुनुपर्दछ ।’

यस्तै जारी ज्ञापनपत्रमा सदियौँदेखि नेपाल र नेपाली जनतामाथी थिचोमिचो तथा नेपाली भुमीमाथी अतिक्रमण गर्दै आएको भारतीय साम्राज्यवादले हालै भारतको नयाँ संसद भवनमा कथित अखण्ड भारतको नाममा नक्सा प्रकाशन गरेकोप्रती आपत्ती प्रकट गर्दै उक्त नक्सामा नेपालको ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको धर्मिक तथा पर्यटकिय स्थल समेत रहेको कपिलवस्तु जिल्लामा पर्ने लुम्बिनी क्षेत्रलाई समेटी कथित अखण्ड भारतको नाममा नक्सा प्रकाशन गरि भारतीय संसद भवनमा राखेकोप्रती नेपालको सरकारको आधिकारिक धारणा
जारी गरि भारतसंग कुटनितिक संवाद गरि उक्त नक्साबाट नेपाली भुमी हटाउन समेत माग गरिएको छ ।

जारी ज्ञापनपत्रमा आज नेपाली जनताको मुख्य समस्या लघुबित्त बित्तीय संस्थाहरु भएको र लघुबित्त सम्बन्धि व्यवस्था गरिएका नियम , कानुन वा नियमावलीहरुको ठाडो उलंघन गर्ने गरेको , राज्यको नियम बिपरित वा बित्तीय संस्था सम्बन्धि ब्यवस्था गरिएका नियम , कानुन बिपरित ॠण प्रबाह गर्ने , चर्को ब्याज लिने , नियम बिपरित जरिवाना असुल गर्ने , नियम पूरा नगरी ऋणीको सम्पती हडपने तथा ब्याजलाई मुल धनमा बदली पुन: ब्याज लिने कार्य गरेकाले कार्वाहीको माग गरिएको छ ।

ज्ञापनपत्रमा मिटरब्याजी, र मेनपावरहरुको आतंकले साना ठुला ब्यवसायिहरु, महिलाहरु र युवाहरु धरासायी बन्दै गएकोप्रती संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।साथै सयौं नागरिकहरु घरबारबिहिन, परिवार बिहिन भएका छन र कयौं नागरिकहरु डिप्रेसनका सिकार हुँदा कयौंले आत्महत्या गरिरहेकाले यस्ता कार्यलाई तत्काल रोकि पिडकहरुलाई कानुनको दायरामा ल्याउन र कडा भन्दा कडा कार्बाही गर्न जोडदार माग गरिएको छ ।

यस्तो छ युवा संगठन नेपालद्वारा प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार