काठमाडौं: राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला भोलि भाद्र १७ गते मन्ध्यांह १२:०० बजे काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ । मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बिहिबार बसेको बैठकले भाद्र १७ गते भेला गर्ने निर्णय गरेको थियो । नेपालका विभिन्न स्वतन्त्र वामपन्थी शक्तिहरूलाई नेतृत्व गर्ने उद्देश्यका साथ सो राष्ट्रिय वामपन्थी मञ्चको भेला गर्न थालेको मञ्चका संयोजक पाण्डेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सो भेलामा देशैभरिबाट प्रतिनिधिहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.