माओवादीले सुकुम्बासी र भूमिहीनको पक्षमा संघर्ष चर्काउन नेता विकाशलाई दियो जिम्मेवारी

डेली न्युजराप्ती       ५ जेष्ठ २०८३ ०७:२८ मा प्रकाशित     69 No Comments

दाङ । नेकपा (माओवादी) दाङले सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकमाथि भइरहेको दमन र विस्थापनको विरोधमा संघर्षलाई सशक्त बनाउने उद्देश्यसहित जिल्ला स्तरीय संघर्ष समिति गठन गरेको छ।
आइतबार सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै संघर्षका कार्यक्रम अघि बढाउने जनाएको हो।

घोराहीमा सम्पन्न बैठकले नेता विकाश वलीको संयोजकत्वमा जिल्ला संघर्ष समिति गठन गरेको छ। समितिमा दिनेश नेपाली, कृष्णी श्रेष्ठ, रिकमान विक, अस्मिता बाँठा, विष्पुरा घर्तीमगर , राजेश विक ,आकाश विक , साउनी चौधरी , छोटीलाल चौधरी , मनोज कुमार परियार लगायतलाई सदस्यको जिम्मेवारी दिइएको छ। आवश्यकतानुसार थप सदस्य थप गरी १३सदस्यीय समिति निर्माण गर्ने निर्णय गरिएको जनाइएको छ।

सुकुम्बासी, अव्यवस्थित र भूमिहीनमाथि भइरहेको डोजर आतंक तथा राज्य दमनविरुद्ध जनस्तरबाट प्रतिवाद गर्ने निर्णय गरिएको उल्लेख छ।
बैठकले अन्य पक्षले सञ्चालन गरिरहेका आन्दोलनप्रति समेत समर्थन जनाउँदै आफ्नो धारणा स्पष्ट रूपमा राख्ने निर्णय गरेको जनाएको छ।
साथै पार्टी निकट संघर्ष समिति, आयोग तथा सम्बन्धित निकायमार्फत व्यापक जनपरिचालन गर्ने निष्कर्ष निकालिएको छ।
बैठकमा सहभागी नेताहरूले भूमिहीन र सुकुम्बासीको समस्या समाधान नगरी बल प्रयोग र विस्थापनको नीति अवलम्बन गर्नु अन्यायपूर्ण भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार