२६ कात्तिक, झापा । आसन्न संसदीय निर्वाचन खारेजको घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित तीन कम्युनिस्ट पार्टीको भण्डाफोर सभा आज पुर्वको इटहरीमा हुने भएको छ।
संसदिय चुनाव जनता र देशका लागि औचित्यहिन हुने र मुलुकमा देखिरहेको राजनीतिक आर्थिक समस्यालाई हल गर्न नसक्ने बरु संकटग्रस्त अहिलेको राज्यसत्तालाई टेको दिन र प्राण भर्न चुनाव हुन लागेको भन्दै तीन कम्युनिस्ट पार्टीले पुर्वको इटहरीमा भोलि शनिवार भण्डाफोर सभा गर्ने भएका हुन्, । यसअघि हिजो काठमाडौंमा उक्त भण्डाफोर सभा सम्पन्न भैसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मीलित तीन पार्टीले दिउँसो ठिक १२ बजे जुलुस शुरु गर्ने र १ बजेबाट औपचारिक रूपमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्ड सी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष आहुती , नेकपा अध्यक्ष ऋषि कट्टेल लगाएतका नेताहरूले सम्बाेधन गर्ने आयोजकले जानकारी दिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.