तुलसीपुर खानेपानी: विप्लव नेकपामा राजनितिक संस्कार,संसदवादी दलहरु भद्रगोल (सम्पादकीय)

डेली न्युजराप्ती       १२ पुष २०७८ १८:२३ मा प्रकाशित     754 No Comments


सम्पादकीय। तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन मिति पौष १७ गते तोकिएको छ। पौष १७ गते तोकिएको निर्वाचन मिति अनुसार आज बिहान १० बजेदेखि साझ ३ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो तर तुलसीपुरमा कृयासिल ९ दलहरु सर्बसम्मत नेतृत्व चयन गर्न सहमत भएका थिए सोही अनुरुप उनिहरुले बिहान कृयासिल ९ दलबाट सामुहिक उम्मेदवार घोषणा समेत गरेका थिए।
लामो समयको छलफलपछी खानेपानी संस्थामा झन्डै १४ बर्षसम्म नेतृत्व गरेको दल विप्लव नेतृत्वको नेकपा सहित अन्य ८ संसदवादी दलहरुले ९ दलको तर्फबाट आज बिहान उधोग बाणिज्य संघको सभाहलमा उम्मेदवारी दर्ता कार्यक्रम मार्फत आ-आफ्ना दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरुलाइ टीका आवरण सहित दोसल्ला ओढाएर घोषणा गरेका थिए। जसमा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट यमकान्त भण्डारी, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सिताराम शर्मा आचार्य, सचिवमा नेकपा एमालेको तर्फबाट सेवकराम भण्डारी र कोषाध्यक्षमा विप्लव नेकपाको तर्फबाट भद्र बहादुर वली रहेका छन। यस्तै सदस्यहरुमा नेकपा समाजवादीका पदम बहादुर खड्का,राष्ट्रिय जनमोर्चाबाट छमा भण्डारी,राप्रपाबाट लक्ष्मण केसि,नेकपा एमालेबाट आशा अधिकारी र जसपाबाट गिता बिष्ट रहेका छन। तर सामुहिक उम्मेदवारी घोषणा गरेको केही समय नबित्दै र उम्मेदवारहरुले लगाएको टीका समेत नसुक्दै संसदवादी दलहरुले उक्त पौष ८ गते ९ दलले गरेको निर्णय र पौष ११ गते आज बिहान गरेको सामुहिक उम्मेदवार बनाएर अघि बढ्ने निर्णयको विप्लव नेकपा बाहेक सबैले उल्लंघन गरेका छन।
नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्रले करिब १ नबज्दै उम्मेदवारी दर्ता गरेर सहमती उल्लंघन गरेपछी अन्य दलहरुले पनि उम्मेदवारी दर्ता गरेका थिए। त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि सबै दलहरुले आ-आफ्नो उम्मेदवारी दर्ता गरेपछी अन्तिममा पुर्व अध्यक्ष खेम वलीको नेतृत्वमा उम्मेदवारी दर्ता गरेको हो।
चर्चा विप्लव नेकपाको:
उम्मेदवारी दर्तामा सयौं मानिसहरुको भिडभाड थियो। यसैबिचमा जताततै विप्लव नेतृत्वको नेकपाको चर्चा थियो। सबै पार्टीबाट उम्मेदवारी दर्ता भइसकेपछी विप्लव नेकपाले के गर्छ आम मान्छेको चासो थियो। कतिपय मानिसहरु खेम वलीले के गर्नुहुन्छ? खासखुस गरिरहेका थिए।
जब खेमराज वलीले आफ्नो अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभयो त्यसपछी अधिकांश मान्छेहरु फेरि पनि नेकपाले नै निर्वाचन जित्ने अड्कलबाजि गरिरहेका थिए।
वास्तवमा विप्लव नेतृत्वको नेकपामा राजनितीक संस्कार देखियो। सुरुदेखी नै सामाजिक संस्थामा सर्वसम्मत नेतृत्व चयन प्रक्रियामा पहलकदमी लिएकै कारणले आज बिहानसम्म ९ दलबाट उम्मेदवारी दर्ता कार्यक्रम सम्म आइपुगेको थियो त्यो नेकपाकै पहलकदमीमा भएको एक नेताले बताए। १४ बर्षसम्म तुलसीपुर खानेपानीमा कुसल नेतृत्व गरेको दल अहिलेपनि आम उपभोक्ताले खेम वलीलाइ नै जिताउने प्रवल सम्भावना हुदाहुदै पनि सर्वसम्मत नेतृत्व मार्फत सामाजिक संघ/संस्थामा प्रतिनिधित्व गर्न पहलकदमी लिने नेकपामा उच्च राजनितीक संस्कार देखिएको छ।
यता संसदवादी दलहरुमा भद्रगोल अबस्था देखिएको छ। सहमती कार्यान्वयन गर्न नसक्नु,पार्टीभित्र गुट-उपगुटको कारणले गर्दा संसदवादी दलहरु भित्र चरम संकट चुलिएको प्रष्ट देखिएको छ।
संसदवादी दलहरुको भद्रगोलले तुलसीपुर खानेपानी संस्थामा फेरि पनि विप्लव नेकपाको प्यानललाई जित निकाल्न सहज हुने आम उपभोक्ताको बुझाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार