देशैभरी पत्रकारिता सिकाउदै हिडिरहेका ‘दर्शन’

डेली न्युजराप्ती       १३ असार २०८० ११:५१ मा प्रकाशित     255 No Comments

हेमन्त प्रकाश ओली ।
१३ असार , सन्धिखर्क ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर बिश्वकर्मा ‘दर्शन’ पत्रकारिता तालिमका लागि देशदौडाहामा छन् ।
संगठनमा आवद्ध नयाँ अनुहारलाई आधारभुत पत्रकारिता तालिमका लागि उनिसहित संगठनको केन्द्रीय नेतृत्व पनि देशदौडाहामा छ ।

संगठनको उपत्यका ब्युरोबाट सुरु भएको आधारभुत पत्रकारिता तालिम असार ६-८ गतेसम्म गण्डक ब्युरोमा सम्पन्न भएको संगठनले जनाएको छ ।
गण्डक ब्युरोमा आवद्ध नयाँ पत्रकारहरुलाइ संगठनका केन्द्रीय अध्यक्ष दर्शन , संगठनका केन्द्रीय सचिवालयका सदस्य शोभराज बराल लगाएतले करिव दुईदिन सम्म आधारभुत तालिम दिएका थिए ।

गण्डक ब्युरो अन्तर्गत स्याङ्जाको वालिङमा भएको तालिममा निरुता बिश्वकर्माले तालिमबाट आफुले पत्रकारिता बुझ्न पाएको बताइन् । उनले भनिन् – ‘पत्रकारिता सामान्य विषय होइन रहेछ । फाट्टफुट्ट समाचार लेखिरहेकी थिए तर तालिमले झनै मिठास थपिदिएको छ । मसिनोगरि पत्रकारिता बुझाउने आयोजक संगठनलाई धन्यवाद दिन चाहान्छु ।’

निरुता जस्तै तालिममा सहभागी अर्का प्रशिक्षार्थी ध्रुब गौडेलले पनि आधारभुत पत्रकारिता तालिमले आफुमा पत्रकारितामा अब्बल बन्न सकिन्छ भन्ने बिश्वास पैदा भएको बतार ।
जनपत्रकार संगठन नेपाल गण्डक ब्युरोद्वारा आयोजित पत्रकारिता तालिममा करिव २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

यता जनपत्रकार संगठन लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा आधारभुत पत्रकारिता तालिम चलिरहेको छ ।
असार ११ गतेदेखी सुरु भएको पत्रकारिता तालिम १४ गतेसम्म चल्ने संगठनका प्रदेश समन्वय समितिका संयोजक राजेन्द्र रावत क्षत्रीले जानकारी दिएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा आयोजित तालिममा पनि संगठनका केन्द्रिय अध्यक्ष दर्शन सहभागी छन् । उनिसंगै संगठनका केन्द्रीय सचिव बसन्त बिकले प्रदेशभरिका जिल्लाबाट तालिममा सहभागी करिव ३० जना प्रशिक्षकहरुलाइ प्रशिक्षण दिइरहेका छन् ।

संगठनका केन्द्रीय सचिव बसन्त बिकले समाचार संकलन , समाचार लेखन , पत्रकार आचारसंहिता लगाएतका विषयमा प्रशिक्षण दिइरहेका छन् भने संगठनका केन्द्रीय अध्यक्ष दर्शनले पनि अरु अन्य पत्रकारिताको इतिहास यसका चुनौती , आजको पत्रकारिता कस्तो हुनुपर्छ ? राज्यसंकटको निकासका लागि पत्रकारहरुको भुमिका लगाएतका बिसयमा गहन प्रशिक्षण दिइरहेका छन् ।

यस्तै सन्धिखर्कमा चलिरहेको ४ दिने आधारभुत तालिममा पत्रकारितामा लामो समयसम्म आवद्ध अन्य अनुभवी व्यक्तिहरुले रेडियो पत्रकारिता , अनलाइन पत्रकारिता , फिचर लेखन , कानुन समबन्धित बिसयबस्तुहरुमा तालिमा प्रदान गरिरहेको संगठनले जनाएको छ ।

देशैभरी आधारभुत पत्रकारिता तालिम चलाउने संगठन केन्द्रीय निर्णय अनुसार तालिम चलाइरहेको जनाएको छ ।

यसैबीच हामिले जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष दर्शनलाई देशव्यापी पत्रकारिता तालिम किन चलाउनुपर्यो भनेर सोधेका छौँ ।
डेलिन्युजराप्तीसंग कुरा गर्दै उनले भने – ‘यो हाम्रो केन्द्रीय समितिको निर्णय हो । हाम्रो संगठनमा जोडिएका नयाँ पत्रकारहरुलाइ आधारभुत पत्रकारिता तालिम दिनु हाम्रो न्युनतम काम नै हो । संगठनमा देशैभरी उत्साहका साथ जोडिएका नयाँ साथिहरुलाइ तालिम दिएर हामी संगठन र पत्रकारितालाई नयाँ उचाई प्रदान गर्न चाहेका छौँ।’

यस्तै संगठनका अध्यक्ष दर्शनले उपत्यका ब्युरो , गण्डक ब्युरोमा आधारभुत तालिम सम्पन्न भइसकेको र लुम्बिनी प्रदेशमा तालिम चलिरहेको समेत बताए ।
संगठनले लुम्बिनी प्रदेश समितीद्वारा आयोजित तालिमको समापन लग्गत्तै कोशी प्रदेश , मधेश प्रदेश , कर्णाली प्रदेशमा पनि तालिम संचालन गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार