युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशले सङ्गठनात्मक अभियान सञ्चालन गर्ने

डेली न्युजराप्ती       ९ श्रावण २०७९ २३:१२ मा प्रकाशित     397 No Comments


पृथ्वी लुहार,९ श्रावण/धनगढी। युवा संगठन नेपाल सुदुरपश्चिम प्रदेशको चौथो बैठक सम्पन्न भएको छ।संगठनका सुदुरपश्चिम प्रदेश इन्चार्ज श्याम भट्टको अध्यक्षतामा सम्पन्न बैठकमा युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.क प्रमुख अतिथि रहेका थिए भने नेपाल कम्युनिष्ट पार्टीका डडेल्धुरा सेक्रेटरी विजय,डोटी सेक्रेटरी बिमल धामी विशिष्ट अतिथि रहेका थिए। बैठकले नेपाल कम्युनिष्ट पार्टीको नवौ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरेर राजनैतिक एवम सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बढ्दो महंगी, भ्रष्टाचार, राष्ट्रघात र लागुऔषध दुर्व्यसनी विरुद्ध संघर्ष गर्ने समेत निर्णय भएको संगठनका केन्द्रीय सदस्य पुष्प भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार