तुलसीपुरमा माघ १६ गतेदेखि बिधालय संचालन हुने

डेली न्युजराप्ती       ३ माघ २०७८ १९:४६ मा प्रकाशित     369 No Comments


दाङ, २ पुस । तुलसीपुरमा आउँदो माघ १६ गतेदेखि विद्यालय संचालनमा आउने भएका छन। तुलसीपुर उपमहानगरपालिकामा आज बसेको सरोकारवालाको बैठकले माघ १५ गतेसम्म बालबालिकालाई खोप सुनिश्चित गर्ने र १६ गतदेखि विद्यालय संचालन गर्ने निणर्य गरेको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत चक्र भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरमा आउँदो माघ ९ गतेदेखि १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन विद्यालयमै बोलाउने तर कक्षा भने संचालन नहुने भएको छ । केन्द्र सरकारको निर्देशन अनुसार माघ १५ गतेसम्मलाई विद्यालय बन्द गर्ने निणर्य भएको हो ।
बन्दको अवधिमा लक्षित उमेर समुहका बालबालिकालाई खोपको सुनिश्चिता गरिने भएको हो । तुलसीपुरमा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका १९ हजार २७६ जना रहेका छन् । सबै बालबालिकालाई खोप लगाउने र सोहि अवधिसम्म विद्यालय बन्द हुने भएका हुन। कोरोनाका कारण तुलसीपुरमा अहिले नीजि तथा सामुदायिक विद्यालय बन्द छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार