काठमाडौँ – नेकपा कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपाले मंगलबार (भोली) मध्यान्ह १२ बजे बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा निर्णयहरु जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएको हो ।
असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म चलेको महाधिवेशन ऐतिहासिक रुपमा सफल भएको थियो । उक्त महाधिवेशनले गरेका निर्णयहरु सार्वजनिक भएका छैनन् । नेकपाले पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकारलाई उपस्थित भई समाचार संकलन गरिदिनुहुन आग्रह गरेको छ ।
पार्टीले सरकारले घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सशक्त खारेज गर्ने निर्णय गरेको थियो भने महाधिवेशनले विप्लवलाई पुनः महासचिवमा निर्वाचित गरेको थियो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.