शिवराज वली श्रावण-१६ ,दाङ।
नेपाल कम्युनिस्ट पार्टीले दार्चुलाका जयसिंह धामी शुक्रबार महाकाली नदि पार गर्न तुइन चढ्ने क्रममा भारतिय सिमा सुरक्षा बल(SSB)ले तुइन काट्दा धामी बेपत्ता भएको घटनाको बिरोधमा आज देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।
श्रावण १५ गते दार्चुलाको व्यास गाउँपालिका-२ मालगाउँका ३३ बर्षिय जयसिङ धामीलाई तुइन मार्फत महाकाली नदि तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (SSB) ले तुइन काटिदिदा धामी महाकाली नदिमा बेपत्ता भएका थिए।
उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।
उक्त घटनाको बिरोधमा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले पनि जिल्लाको घोराहीमा बिरोध प्रदर्शन आयोजना गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी दाङले आज दिउँसो २:३० बजे घोराहिको तुलसीपुर चोकमा हुने बिरोध प्रदर्शनमा सम्पुर्ण राष्ट्रवादी,देशभक्त,स्वाभिमानी युवा, बिद्यार्थी, पत्रकार,बुद्धिजीवी,व्यापारी एवम आम जनसमुदायमा उपस्तिथिको लागि हार्दिक अपिल गरेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.