विप्लव सहितका ४ पार्टी निकट बिद्यार्थी संगठनले भोलि काठमाडौंमा ‘समाजवादी विद्यार्थी मोर्चा’घोषणा गर्दै

डेली न्युजराप्ती       १३ श्रावण २०८० २१:१७ मा प्रकाशित     182 No Comments

साउन १३ , दाङ । विप्लव नेतृत्वको नेकपा सहितका ४ पार्टी निकट बिद्यार्थी संगठनले ‘समाजवादी विद्यार्थी मोर्चा’ घोषणा गर्ने भएका छन् ।
विप्लव निकट अखिल (क्रान्तिकारी) ,माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) , नेकपा एस निकट अनेरास्ववियू र उपेन्द्र निकट समाजवादी विद्यार्थी युनियनका बिच मोर्चा घोषणा हुने भएको हो ।

४ वटा पार्टीबिच समाजवादी मोर्चा नेपाल निर्माणपछि भोलि ४ पार्टी निकट विद्यार्थी संगठनहरुले ललितपुरको हिमालय इन्जिनियरीङ कलेज च्यासलमा ११ बजे समाजवादी विद्यार्थी मोर्चा नेपाल घोषणा कार्यक्रमको आयोजना गरेका छन् ।

भोलि हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), विशेष अतिथिहरु नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको आतिथ्यतामा घोषणा हुँने विप्लव निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अनिल सीले डेलिन्युजराप्तीलाई बताए ।

उक्त घोषणा कार्यक्रममा देशभक्त, प्रगतिशील, क्रान्तिकारी, राष्ट्रवादी विद्यार्थीहरु,पत्रकार लगायत सबैलाई उपस्तिथिको निम्ति ४ पार्टी निकट बिद्यार्थी संगठनहरुले अपिल समेत गरेका छन् ।

समाजवादी विद्यार्थी मोर्चाद्वारा प्रधानमन्त्री दाहालसङ्ग भेटघाट:

प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी मिलेर बनेको समाजवादी मोर्चा नेपाल सम्बद्ध समाजवादी विद्यार्थी मोर्चा नेपालका विद्यार्थी नेताहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा विप्लव निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह , नेकपा एस निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवको सहभागिता रहेको थियो।

भेटमा मुख्यगरि भोलि घोषणा हुने समाजवादी विद्यार्थी मोर्चाको कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निमन्त्रणा दिएको , पछिल्लो चरणमा त्रिभुवन विश्वविद्यालयमा देखिएको लापरबाही , परिक्षा , नतिजा प्रकाशनमा देखिएको समस्या , सेवा आयोगको समस्याबारे जानकारी गराएको र ७१ दिन देखी MBBS/BDS का विद्यार्थीहरु आफुले परिक्षा दिन पाउनु पर्ने नभए आफुहरुबाट मेडिकल कलेज संचालकले लिएको पैसा फिर्ता गर्नु पर्ने माग राख्दै चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जको गेटमा रिले अनशनमा बसिसकेका विद्यार्थीहरुलाई परिक्षा दिने वातावरण तयार गरिदिनेबारे विषयमा छलफल भएको र प्रधानमन्त्री सकारात्मक रहेको अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले जानकारी दिएका छन् ।

यहीँ बिहीबार समाजवादी विद्यार्थी मोर्चाका नेताहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटालाई भेटेर मेडिकल विद्यार्थीको समस्या तत्काल हल गर्न सल्लाह दिएकाे र भेटमा उपकुलपति बास्कोटाले प्रधानमन्त्री तयार भए आफू तयार रहेको आश्वासन दिएका थिए । हिजो शुक्रबार संयुक्त विद्यार्थी संगठनले MBBS/BDS अध्ययनरत विद्यार्थीले उठाएको माग सम्बाेधन गर्नुपर्ने भन्दै उपकुलपतिलाई माग पत्र बुझाएका थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न कलेजहरुमा MBBS/BDS अध्ययनरत विद्यार्थीहरु दोस्रो वर्षमा barrier मा परेपछि उनीहरु २ बर्षदेखि व्यारिएर प्रणाली खारेज गरेर विद्यार्थीले परीक्षा दिन पाउनु पर्ने नभए कलेजले लिएको पैसा फिर्ता लिनु पर्ने माग राख्दै चरणबद्ध संघर्षमा छन् । हाल उनीहरु चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालय अगाडि ७१ दिनदेखि रिले अनशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार