नेपालगन्जमा प्रशासनले राजा बिरेन्द्रको शालिक हटायो,प्रदर्शनकारीद्वारा सहिद विकको शालिक तोडफोड

डेली न्युजराप्ती       १९ जेष्ठ २०७९ १८:१२ मा प्रकाशित     233 No Comments


बर्दिया : नेपालगन्जको धम्बोझी चोकमा केही समय अघि राखिएको राजा वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ । त्यसक्रममा झडप हुँदा गोली चलेको छ । प्रत्यक्षदर्शीले ५/६ राउण्ड हवाई फायर भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले टियर ग्याँस चलाएको पुष्टि गरेको छ । झडपमा प्रहरी र आन्दोलनकारी दुवै दर्जन बढी घाइते भएका छन् ।

चोकलाई अहिले सशस्त्र र जनपद प्रहरीले घेरा हालेको छ । आवतजावत रोकिएको छ ।

अहिले झडप रोकिनुको साथै स्थिति प्रहरीले नियन्त्रणमा रहेको छ ।

यता राप्रपाले दिबंगत राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा उत्पन्न तनावग्रस्त अवस्थाले उग्ररूप लिएकाे छ।

प्रहरी नेपालकाे इतिहासलाई समेत हस्तक्षेप गरेकाे भन्दै आक्राेशित भिडले सहिद सेतु विककाे शालिक समेत ताेडफाेड गरेकाे छ। भिड नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर समेत गरेकाे छ। अहिले पहिले भन्दा अवस्था नियन्त्रणमा आएकाे भएपनि छिटपुट रुपमा नाराबाजी भइरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार