२३-भदौ/ दाङमा सुन चोरीको आरोपमा पक्राउ परेका एक बन्दी अदालतबाट भागेका छन् । घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई बिहीबार जिल्ला अदालतमा म्याद थपका लागि लगेको बेला अदालतबाटै भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) वीरबहादुर वलीका अनुसार विश्वकर्मालाई थुनामा राख्न अनुमति लिनका लागि न्यायाधीशसमक्ष पेस गर्ने क्रममा भागेका हुन् । उनले न्यायाधीशसमक्ष पेश गर्ने समयमा शौचालय जान्छु भनेका थिए । त्यसपछि शौच गर्न शौचालय लगिएको बेला झ्यालबाट भागेको एसपी वलीले बताए ।
उनका अनुसार भागेका बन्दी विश्वकर्माको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । उनी बुधबारमात्रै सुन चोरीको आरोपमा घोराही–१० नारायणपुर बजारबाट पक्राउ परेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.