कलेज र विश्वविद्यालयहरु बेरोजगार जम्मा हुने थलो बनाइए : विप्लव

डेली न्युजराप्ती       १ जेष्ठ २०८० २१:५४ मा प्रकाशित     98 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देशका कलेज र बिश्वबिद्धालयहरु बेरोजगारहरु जम्मा गरिने थलो जस्तो भएको बताएका छन।५९ औं विद्यार्थी दिवसको अवसरमा काठमाडौको जमलस्थित रास्ट्रीय नाचघरमा आयोजित “विद्यार्थी दिवस र अबको बाटो बिषयक कार्यक्रम”लाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राखेका हुन ।

“कलेज र बिश्वबिद्धालयहरु बेरोजगार जम्मा हुने थलो जस्तो भए यो कुनै व्यक्ति र पार्टीका कारण होइन व्यवस्थाको कारणले हो -उनले भने -शिक्षालाइ यो ब्यवस्थाले बजारको बिषय बनायो, बजारले नाफा घाटा मात्रै हेर्छ जनता र देश हेर्दैन।देशलाई आजको संकटबाट निकास दिन विद्यार्थी आन्दोलनबाट गङ्गालाल र चिनियाँमान काजीको माग भैरहेक छ।”

देशको समसामयिक परिस्थिति र विद्यार्थी आन्दोलनको त्याग , बलिदान र उदेश्य तर्फ स्मरण गर्दै महासचिव विप्लवले अखिलको आन्दोलन भनेको फासिमा लट्किदा समेत जीवन दिने योद्दाहरुको आन्दोलन हो, यो साहसी र देशभक्तहरुको आन्दोलन हो ,अखिलको आन्दोलन भनेको गङ्गालाल ,चिनियामान काजी देखि तमाम वीरङ्गनाहरुको रक्तरञ्जित आन्दोलनको इतिहास भएको बताए।

अहिलेको संकट र संसदीय प्रणालीको असफलता तर्फ संकेत गर्दै महासचिव विप्लवले यसले केहि न केहि परिवर्तन अवश्य गरेको छ तर हाम्रो आन्दोलन , भावना र आबश्यकता अनुसार व्यवस्था परिवर्तन हुन सकेको छैन,हामीले संसदीय व्यवस्था भोगिरहेका छौं ,संसदीय व्यवस्था कुनै नयाँ कुरा होइन ,यो त २००७ साल , २०४७ साल हुँदै अहिले सम्म पटकपटक भोगिसकेको प्रणाली हो,यसले देशका आजका मुद्दाहरूलाई सम्बोधन गर्ने सामर्थ्य राख्दैन त्यसैले अब २१ औं शताब्दी बैज्ञानिक समाजवादको शताब्दी शताब्दी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार