अर्जुन शाही बने विप्लव निकट युवा संगठन नेपाल पश्चिम दाङको कमान्डर!

डेली न्युजराप्ती       २२ फाल्गुन २०८० २०:५७ मा प्रकाशित     714 No Comments

नेपाली युवाहरु नेपाली माटोमा रमाउने व्यवस्था स्थापना नहुँदासम्म क्रान्ती चलिरहन्छ : प्रदिप सी 

हेमन्त प्रकाश वली ।

फागुन २२ , तुलसीपुर । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङको ७औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

मंगलबार तुलसीपुर स्थित गैराखाली सामुदायिक बनमा सम्पन्न भएको सम्मेलनले अर्जुन शाहीको नेतृत्वमा २२ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

७औं सम्मेलनले अर्जुन शाहीलाई अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा वसन्त सी , सचिवमा गणेश चन्द , सह-सचिव उद्धव शाह र कोषाध्यक्षमा धर्मराज भण्डारीलाई निर्वाचित गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष शाहिले अब नेकपाले बनाएको नयाँ संरचना अनुसार पश्चिम दाङका तुलसीपुर , शान्तिनगर , दंगिशरण र बबई गाउँपालिकाको नेतृत्व गर्नेछन् ।

सम्मेलनबाट निर्वाचित सदस्यहरुमा क्रमशः सन्तोष हमाल , हेमराज बस्नेत , बसन्त वली , दिपक चौधरी , विना , बसन्त सी , सन्तोष विक , विकाश विक , पवन वली , स्टार जिएम , भावना विक , दिपेश परियार , जस्विन विक , याम बहादुर केसि ( आकाश ) , तिलक बस्नेत , अर्जुन घर्ती र शरद जैसी रहेका छन् ।

७औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथी प्रदिप सीले युवाहरुलाई नेपाली माटोमा रमाउने व्यवस्था स्थापना नहुँदासम्म क्रान्ती चलिरहने बताउनुभयो ।

नेपाली युवाहरुलाई यहीँ देशको माटोमा रमाउने व्यवस्था स्थापना नहुँदासम्म क्रान्ती चलिरहन्छ , उनले भने ‘ क्रान्ती कसैको रहरको विषय होइन । हामिले क्रान्ती गरिरहने रहरले होइन् । समाजमा वर्ग , विभेद , अत्याचार , थिचोमिचो हुँदासम्म क्रान्ती चलिरहने कुरा हो । अहिलेपनी युवाहरुले नेपाली माटोमा रमाउन पाएका छैनन् । यहीँ देशमा रोजगारी पाएका छैनन् । स्रोत साधनले सम्पन्न देशमा युवाहरु बिदेशमा लाइन लागेर प्रत्येक दिन जानुपर्ने व्यवस्था ध्वस्त नहुँदासम्म क्रान्तिकारी युवाहरुले क्रान्ती रोक्दैनन ।’

गाउँगाउँमा युवाहरु लागूपदार्थ दुर्व्यसनीमा चुर्लुम्म डुबेका छन् , उनले थप भने ,‘ लागुपदार्थमा गाउँगाउँ लठ्ठिएका युवाहरुलाई रोजगारीमा जोडेर दुर्व्यसनीबाट मुक्त गर्न राज्य तयार बनिरहेको छैन् । यो राज्यमा युवाहरुलाई यहीँ देशमा रोक्ने योजना नै छैन् त्यसैले युवाहरुको भविस्यको निर्धारण हुने व्यवस्था समाजवाद हो । अब क्रान्तिकारी युवाहरुले अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षमा होमिनुपर्छ ।’

नेपालमा हाम्रो पार्टी मात्रै हो जसले युवाहरुलाई उत्पादनमा जोडेर आर्थिक क्रान्ती गरिरहेको छ , नेता प्रदिपले भने‘ संसदवादी पार्टीहरुले युवाहरुलाई प्रयोग मात्रै गरिरहेका छन् । चुनावका बेला पैसाको बलमा युवाहरुलाई प्रयोग गर्ने गरेका छन् । चुनावदेखि चुनावसम्म मात्रै युवाहरु प्रयोग भएका छन् । हाम्रो पार्टी मात्रै हो नेपालमा जसले युवाहरुलाई उत्पादनमा जोडेको छ । हाम्रा क्रान्तिकारी युवाहरु श्रममा जोडिएका छन् । हाम्रा युवाहरु दैनिक श्रम गर्दै पार्टीमा सक्रिय ढंगले काम गरिरहेका छन् , ‘ हामी नयाँ ढंगले आन्दोलन अघि बढाएका छौँ । नेपालमा श्रममा बाँचेको पार्टी हाम्रो मात्रै हो । हामिले आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ताको अभियान चलाएका छौँ । हामी एकपटक नेपालका युवाहरुलाई आफ्नै देशको माटोमा श्रम गर्दै सुन्दर जीवन बिताउने व्यवस्था ल्याएरै छोड्नेवाला छौँ ।’

दिनप्रतिदिन संसदीय सत्ता संकटमा फसिरहेको छ , उनले थपे‘ यो संसदीय सत्ता नै नेपालको मुख्य समस्या हो भनेर हामिले एकीकृत जनक्रान्ति थालेका हौं । अहिले त झन् यो सत्ताको संकट छर्लङ्ग देखिनेगरि उदांगो भएको छ । रातारात सरकार फेरबदल हुने अस्थिर प्रकारको संसदीय सत्ता फाल्न हामिले एकीकृत जनक्रान्ती गरिरहेका छौँ ।’

नेता प्रदिपले नेपाली जनताको समृद्धि , शान्ती , स्वाधीनताका लागि समाजवादी व्यवस्था अनिवार्य सर्त भएकाले सबै कम्युनिस्ट , वामपन्थी , देशभक्त , प्रगतिशिल तथा सच्चा लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु एकठाउँमा आउने बेला भएको बताउनुभएको थियो ।

७औं जिल्ला सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य प्रदिप सी , युवा संगठन नेपालका महासचिव तिलक सी , युवा संगठन नेपाल पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य एवम कार्यालय सदस्य विश्लेषण सी , नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपा पुर्वी दाङका सेक्रेटरी जनक सी , गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती सी , अखिल नेपाल शिक्षक संगठन तुलसीपुरका सचिव कमल प्रकाश शर्मा , अखिल ( समाजवादी ) पश्चिम दाङ जिल्ला सदस्य केवी सी लगाएतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा संगठन नेपालका महासचिव तिलक सी , युवा संगठन नेपाल पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य एवम कार्यालय सदस्य विश्लेषण सी , नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपा पुर्वी दाङका सेक्रेटरी जनक सी , गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती सी , अखिल नेपाल शिक्षक संगठन तुलसीपुरका सचिव कमल प्रकाश शर्मा , अखिल ( समाजवादी ) पश्चिम दाङ जिल्ला सदस्य केवी सी , नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी , नेकपा बबईका इन्चार्ज उज्वल सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शुदर्शन सी , सहिद परिवार समाज दाङ जिल्ला अध्यक्ष शुरेस सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य एवम पश्चिम दाङ जिल्ला अध्यक्ष प्रकृति सी , नेकपा पश्चिम दाङ जिल्ला सदस्यहरु प्रतिरोध सी , मनोज सी , दिपेन्द्र सी , भरत सी , खड्ग सी , खिमा सी , खिम सी लगाएतको आतिथ्य रहेको थियो ।

७औं जिल्ला सम्मेलनमा संगठनका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज जिवनी सीले प्यानल प्रस्ताव गर्नुभएको थियो भने हलले उक्त प्रस्ताव एकमतले पारित गरेको थियो ।

७औं जिल्ला सम्मेलनमा सामना परिवारले आफ्नो बेजोड सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।

सम्मेलनबाट नवनिर्वाचित कमिटीलाई बधाई मन्तव्य युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी र नेकपा बबईका इन्चार्ज उज्वल सीले ज्ञापन गर्नुभएको थियो ।

युवा संगठन नेपाल शान्तिनगर गाउँपालिका अध्यक्ष बसन्त सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता संगठनका नेता आकाश सीले गरेका थिए भने सहजीकरण संगठनका तुलसीपुर नगर अध्यक्ष गणेश सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार