अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्ष विनोद थापा

डेली न्युजराप्ती       १८ आश्विन २०७८ १८:५२ मा प्रकाशित     403 No Comments

दाङबाट सचिवमा डिल्ली वली र केन्द्रीय सदस्यमा सन्जय निर्वाचित
समाचारदाता। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विनोद थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको अध्यक्षमा विनोद थापा, उपाध्यक्ष शिशिर थापा, महासचिव श्याम सेन्चुरी, सचिव डिल्ली ओली र कोषाध्यक्ष लिलबहादुर बुढाथोकी लगायत अन्य सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यमा भएको सम्मेलन ३ दिनसम्म सञ्चालन भएको थियो । आज सम्पन्न भएको सम्मेलनको अन्य अतिथिहरुमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा महासंघको फ्याक्सन इन्चार्ज चिरण पुन, पार्टीका केन्द्रीय सदस्य आधार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार