जनकपुर/ धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रदेश नं.२ का पदेश कमिटी सदस्य एबम अखिल नेपाल किसान महासंघ २ नम्बर प्रदेशका संयोजक किसन देव शर्मा नेकपा बहुमत परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छ्न । क्रान्तिको नाममा भ्रम सिर्जना गर्ने र व्यक्तिगत स्वार्थका लागि पार्टी बिभाजन गरेको भन्दै नेता शर्माले उक्त पार्टी परित्याग गरेका हुन ।
मङ्गलवार एक कार्यक्रमका बिच शर्मालाई नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आधार सी र केन्द्रिय सदस्य जुझारुले उनलाई स्वागत गरेका छन ।
बहुमत नेकपा परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका किसनदेव शर्माले आज एक प्रेस बिज्ञप्ती जारी गरि नेकपा बहुमत पार्टी परित्याग गरेको घोषणा गरेका छन भने उक्त पार्टीको भ्रमबाट मुक्त भै समयमै नेकपामा समाहित हुन अरु नेताकार्यकर्ताहरुलाई अनुरोध समेत गरेका छन ।
यस्तो छ बिज्ञप्तीको पुर्ण पाठ:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.