खोटाङ – नेकपा खोटाङले धा मित्र्याउन सुरु गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनश्रम गरेर धान भित्र्याउन सुरु गरेका हुन् ।
‘उत्पादनमा जोड दिऔँ, आत्मनिर्भर बनौँ’ भन्ने पार्टीको नीति अनुसार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित रावाखोला किनारमा रहेको कटहरेबेँसीमा धान भित्र्याउन व्यस्त बनेका हुन् ।
पार्टी कमिटीलाई आत्मनिर्भर बनाउने नीति अनुसार गत चैतमा चार रोपनी खेतमा रोपाई गरिएको नेपाल कम्युनिस्ट पार्टीका खोटाङ इन्चार्ज सञ्जीव थापा मगरले बताए । धान झार्नका लागि उनीहरूले मेसिन प्रयोगमा ल्याएका छन् ।
धान काट्न, झार्न र प्याक गर्नमा केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी, किरात राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक जीवन राई, खोटाङ इन्चार्ज थापा मगर, सचिवालय सदस्य चक्रबहादुर खत्री, जनस्वयंसेवकका संयोजक कमल थापा लगायत सहभागी छन् । बुढाथोकीमाथि भने सरकारले पक्राउ पुर्जी जारी गरेको अवस्था छ ।
नेपाल कम्युनिस्ट पार्टीले स्थानीयको खेत कमाउन मागेर धान खेती लगाएका हुन् । आगामी दिनमा जिल्ला कमिटी चामल र तरकारीमा आत्मनिर्भर बनेको थापा मगरले बताए ।
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आलु खेती लगाएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । २/३ मुरी आलु भण्डारण गरिएको थापा मगरले बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.