हेमन्तप्रकाश वली ।
पौष ११,दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ ।
बिहिवार पार्टीले माओ दिवसको अवसरमा तुलसीपुर-३ पनन्पुरका बाढीपहिरो पिडितलाई राहत वितरण गरेको हो ।
पार्टीले बाढीपहिरो पिडित स्थानीय रमिता चन्द र गंगाधर विश्वकर्माको परिवारलाई पार्टीले आँफै उत्पादन गरेको चामल , लत्ताकपडा , भाँडाकुँडा सहित नगद २/२ हजार राहत पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै नेकपाका पिबिएम शितल सीले अहिलेको राज्य गरिबहरुको नभएको जिकिर गरे ।
उनले भने– ‘ अहिले नेपालमा चलिरहेको राज्य नेपाली मेहनतकस श्रमिक , गरिब एवम निमुखाहरुको होइन । यो राज्य यहाँका मुठ्ठीभर दलाल पुँजीपति वर्गको हो । तपाइँहरुका घर बाढीले भत्कायो , के यो राज्यका कोहि प्रतिनिधि आए? जनताको दुखमा कुनचाहिँ प्रतिनिधि सामेल भएका छन् ? त्यसैले हाम्रो पार्टीक्प कुरा के हो भने यो केवल दलाल पुजिपती वर्गको राज्य हो । यसलाइ बदल्नुपर्छ भन्ने हाम्रो कुरा हो । अहिलेको राज्यव्यवस्थाको विकल्पमा नेपाली बिशेषताको समाजवाद स्थापना गर्नुपर्दछ जसले वास्तविक शान्ती , समृद्धि र स्वाधिन राज्यको प्रतिनिधित्व गर्ने गर्दछ ।’
नेता शितलले न्यायपुर्ण समाज स्थापना नहुँदासम्म नेकपाले क्रान्ती नरोक्ने समेत उद्घोष गरेका थिए ।
१३२औँ माओ दिवस तथा राहत वितरण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले गफाडीहरुले राज्य चलाएको बताए।
नेता सविनले भने– ‘ भोट माग्दा श्रमजीवी जनताको पक्षमा , गरिबको पक्षमा भन्ने अनि चुनाव जितेपछी गरिबहरुको सर्वस्व हरण हुँदा समेत चुपचाप वस्ने अहिलेका शासकहरु गफाडीहरु मात्रै हुन् । मुलुकका जनता पिडा हुँदा नबोल्ने राज्यको काम छैन् । दलाल पुजिपतिको नियन्त्रणमा भएको राज्यलाई अब जनताले बिस्थापित गर्ने बेला भइसक्यो , त्यसकारण अब यो यो देशमा समाजवादी राज्यव्यवस्था चाहिन्छ जसका लागि नेकपा जुनसुकै मोर्चा लड्न तयार रहेको छ । अब यो देशलाई गफाडीहरु चाहिएको होइन् बरु देश र जनताका निम्ति लड्ने नेकपा जस्तो दल चाहिएको हो जसलाई जनताले अनुमोदन गरिसकेका छन् ।’
नेता सविनले दाङवाट निर्वाचित सांसद , मेयर , वडा अध्यक्ष एवम सबै जनप्रतिनिधिले जनताका निम्ति केहिपनि काम नगरेको गुणासो समेत गरेका थिए ।
माओ दिवस तथा राहत वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरुको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.