दाङमा घरको छतबाट खसेर ५ बर्षका एक बालक घाइते

डेली न्युजराप्ती       १७ आश्विन २०७९ १६:२१ मा प्रकाशित     264 No Comments

तुलसीपुर १७ असोज । पश्चिम दाङ घरको छतबाट खसेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–७ खैरेनी निबासी संजय थापाका ५बर्षका छोरा सन्जु थापा रहेको आमा नविना थापाले जानकारी दिनुभयो ।

आफ्नै मामाको घरको छतमा खेल्ने क्रममा खसेर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बिहान पौने १० बजे बालक छतबाट करिब ७ मिटर तल भुँइमा खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार