नेकपा अछामद्वारा दुर्घटनाका घाइतेहरुको उपचारको व्यवस्था गर्न सरकारसंग माग

डेली न्युजराप्ती       १२ जेष्ठ २०७९ ०८:०५ मा प्रकाशित     454 No Comments


अछामको पञ्च्देवल बिनायक नगरपालिकाको वडा न ४ मा भयको गाडी दुर्घटनामा परि घाइते हुनु भयका व्यक्तिको यथाशीघ्र उपचारको व्यवस्था गर्न नेपाल कम्युनिस्ट पार्टी अछामले माग गरेको छ।बुधबार एक विज्ञपति जारी गर्दै पार्टीका जिल्ला सचिव मिना धामी सरिता ले घाइतेहरूको उपचार गर्न स्थानीय सरकार लाई माग गर्दैज्यान गुमाउनु हुने धमाला दाजु भाईहरु प्रती श्रद्धाञ्जली क्यक्त गर्नु भयको हो। आफ्ना बुवाको मृत्यु भयको सम्झनामा पुत्ला दोहन गर्दै परम्परागत रुपमा दास संस्कार गर्ने उद्देश्यले पञ्चदेवल बजार देखि वेल्खेत तिर जाँदै गर्दा ट्राक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु र १५ जना घाइते भयका हुन।हाल घाइतेहरूको प्रारम्भिक उपचार जिल्ला अस्पताल मङ्गलसेनमा भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दियको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार