मुल्यबृद्धी विरुद्धको आन्दोलनमा प्रहरी हस्तक्षेप,बिद्यार्थी नेताहरु सहित दर्जनौं गिरफ्तार

डेली न्युजराप्ती       २८ कार्तिक २०७८ ११:४० मा प्रकाशित     609 No Comments


हेमन्त प्रकाश वली,दाङ। पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको आन्दोलनको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । मुल्य बृद्धि तथा महङ्गी विरुद्धको घोषित कार्यक्रमअनुसार आज एक घण्टा चक्काजाम कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रम गर्न लाग्दा काठमाडौँका विभिन्न ठाउँबाट २७ जनालाई गिरफ्तार गरेको छ ।

बिहान १० बजेदेखि ११ बजेसम्म पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्धको कार्यक्रम (चक्काजाम) गर्दा त्रिचन्द्र कलेज अगाडिबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेन्द्र विक, केन्द्रिय सचिवालय सदस्य मदन केसिसहित २२ जना र लैनचौरबाट पदम केसीसहित ३ जना, बालाजुबाट ७ जना मजदुरहरुलाई आज बिहान गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकालाई पुलिस क्लवमा राखेर याताना दिइरहेको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा सरकारले बढाएकाे मुल्यबृद्धि तथा महङ्गीका विरुद्ध चरणबद्ध विरोध कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार