नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरु हुँदै , को को परे नेपाली टोलिमा ?

डेली न्युजराप्ती       १५ बैशाख २०८१ ०७:३४ मा प्रकाशित     45 No Comments

नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीस्वरूप नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच सिरिज हुन लागेको हो । पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज हुनेछ भने सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

नेपाली टिम

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल। 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार