नेकपा रुकुम(पश्चिम)को छैठौं पुर्ण बैठक सम्पन्न,नवौं महाधिवेशनलाई भव्य वनाउने

डेली न्युजराप्ती       २३ असार २०७९ ०७:२८ मा प्रकाशित     237 No Comments


असार २३। नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम)को छैठौं पुर्ण बैठक सम्पन्न भएको छ।
पार्टी जिल्ला सचिव चन्द्रको अध्यक्षता तथा पार्टीका द्धोय केन्द्रीय सदस्य कमरेड विश्व र कमरेड सविनको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो।
बैठकले नवौं राष्ट्रिय महाधिवेशन लक्षित कार्यक्रममा डटेर लाग्ने निर्णय गरेको सेक्रेटरी चन्द्रद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।

बिज्ञप्तिमा जिल्लाका सबै गाउँ, नगर कमिटीका बैठक प्रशिक्षण / भेला/ सम्मेलन भाद्र ५ गते सम्म सम्पन्न गर्ने र पार्टीको चौथो जिल्ला सम्मेलन भाद्र ११र १२ गते जिल्ला सदरमुकाम मुसिकोट खलंगामा भब्यरुपमा सम्पन्न गर्ने साथै जिल्ला सम्मेलन सम्पन्न गर्न २५ सदस्यीय आयोजक समिती सहित बिभिन्न बिभागहरू गठन गरिएको जनाइएको छ।

बैठकले भ्रष्टाचार, महंगि, कालोबजारी, तस्करि, गुण्डागर्दि, मिटरव्याजि, विरुद्ध जनसंघर्ष संञ्चालन गर्ने, विभिन्न भ्रममा परि सुदर्शन -कञ्चन गुटमा लागेका इमान्दार, देशभक्त क्रान्तिकारी कमरेडहरुलाई बिनासंकोच पार्टीमा फर्केर पार्टीका नियमित काम कार्बाहिमा जोडिन अनुरोध गर्ने,दलाल संसदीय व्यवस्था सम्पुर्ण हिसाबले फेल भैसकेको साथै यो व्यवस्थाबाट जनताको संमृद्विको चाहाना कहिल्यै पुरा नहुने भएकोले वास्तविक, शान्ति, समानाता,स्वाधीनता र संमृद्वि प्राप्त गर्न वैज्ञानिक समाजवादी सत्ता अनिवार्य भएकोले जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न अगाडि बढाइएको एकीकृत जनक्रान्तिको यात्रामा लामबद्ध हुन सम्पुर्ण क्रान्तिकारी जनसमुदायहरुमा विशेष आह्वान गरिएको,
जिल्लामा विभिन्न धारमा छरिएर रहेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्न धुर्विकरण अभियान चलाउने निर्णय गरेको प्रेस बिज्ञप्तिमा प्रष्ट उल्लेख गरिएको छ।

प्रेस बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार