युक्रेनले रुसमाथी प्रहार गरेको मिसाइल बेलायत र फ्रान्सले बनाएको दाबी

डेली न्युजराप्ती       ७ मंसिर २०८१ ०६:५६ मा प्रकाशित     42 No Comments

काठमाडौँ । युक्रेनले बुधवार बेलुका बेलायत र फ्रान्सले बनाएको मिसाइल रुसमा प्रहार गरेको छ । बेलायती सञ्चार माध्यम तथा रोयटर्सले मिसाइल प्रहार भएको घटनालाई पुष्टि गरेका छन् । युक्रेनका रक्षा मन्त्री रुस्मत उमेरोभले सो प्रहारको घटनालाई स्वीकार गरेका छन् । यस विषयमा बेलायती रक्षा मन्त्रालय तथा फ्रान्सेली रक्षा मन्त्रालयले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । भने युक्रेनी रक्षा मन्त्री उमरोभले भने – ‘हामी हाम्रो देशको रक्षा गर्नका लागि आवश्यक पर्ने सबै कुरा गर्न सक्छौँ । तर, सबै कुरा जानकारी गराउन हामीलाई आवश्यक लागेको छैन।’
एक रुसी ब्लग अनुसार रुसी गाउँ मारिनोमा मिसाइलका केही टुक्रा फेला परेको छ । त्यहाँका हतियार विशेषज्ञ ट्रेभर बेलका अनुसार टुक्रा मिसाइलकै भएको पुष्टि भएको छ ।
टेलिग्राममा बुधबाट पोस्ट भएको केही भिडियोका अनुसार पनि सो मिसाइल प्रहार भएको प्रस्ट हुन्छ । बेलायत र फ्रान्सले तयार गरेको सो स्टर्म स्याडो मिसाइलको क्षमता २५० किलोमिटरको छ ।
अमेरिकाले दिएको तथा युक्रेनले सुरुमै प्रहार गरिसकेको मिसाइलको भन्दा त्यसको क्षमता कम छ । कस्क क्षेत्रमा रुसले लगातार आक्रमण गरेपछि युक्रेनले त्यसलाई जोगाउन सो मिसाइल आक्रमण गरेको जनाइएको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार