दाङमा एमसिसी विरुद्ध विशाल बिद्यार्थी प्रदर्शन, एमसिसी कार्यान्वयन हुन नदिने चेतावनी

डेली न्युजराप्ती       २५ फाल्गुन २०७८ १६:०० मा प्रकाशित     345 No Comments


न्यूजराप्ती। फागुन २६, घोराही।
एमसिसी विरुद्ध दाङमा विद्यार्थीहरुले बृहत प्रदर्शन गरेका छन। आज बुधबार दाङको घोराहीमा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी),नेकपा (मसाल) निकट अखिल छैठौं र नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल (क्रान्तिकारी)को संयुक्त आयोजनामा बृहत् जनप्रदर्शन सहित सभा सम्पन्न भएको हो।

घोराहीका विभिन्न चोकहरु जनप्रदर्शन सहित परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कार्यक्रम सभामा परिणत भएको थियो। सभालाइ सम्बोधन गर्दै विप्लव निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपकले राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन भएपनी कार्यान्वयन हुन नदिने चेतावनी दिनुभएको थियो । उहाले अमेरिकी साम्राज्यवादका नेपाली दलालहरुको नेपाली जनताले एकएक हिसाब-किताब गर्ने चेतावनी समेत दिनुभएको हो।
नेता दिपकले कुनैपनि हालतमा नेपाली भुमिमा अमेरिकाको स्वार्थ पूरा हुन नदिने उद्घोष गर्नुभएको थियो। उहाले नेपाललाइ जबर्जस्त सैन्य रणनीतिसंग जोडेर नेपालका बहुमुल्य खनिज पदार्थ,स्रोत साधनहरु नियन्त्रणमा लिने र बिश्वको महाशक्ति राष्ट्रको रुपमा उदाउदै गरेको चिनका विरुद्धमा आएको एमसिसि परियोजना कुनैपनी हालतमा लागू हुन नदिने स्पष्ट पार्नुभएको थियो।
नेता दिपकले संसदीय अवैधानिक संसदबाट पास भएको एमसिसी बैधानिक नेपाली जनताको सत्ताले लागू हुन नदिने चेतावनी दिनुभएको थियो।
बिरोध सभालाइ अखिल छैठौं दाङका अध्यक्ष लक्ष्मण बिक र नेकपा ( क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङका फ्र्याक्सन इन्चार्ज उदयले गर्नुभएको थियो।
बिरोध सभाको सहजीकरण अखिल (क्रान्तिकारी) दाङका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज अमरले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार