हेमन्तप्रकाश वली ।
जेठ १३,घोराही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सुकुम्बासीहरुलाई कुनैपनी पार्टीको ट्याग लगाएर हेर्न नहुने बताएका छन् ।
मंगलबार घोराही-१३ का एकता , लम्मिडाँडा , रामपुरा टोलका सुकुम्बासीहरुसंग अन्तरक्रिया गर्दै विप्लवले यस्तो बताएका हुन् ।
‘सुकुम्बासीहरुलाई कुनै पार्टीको ट्याग लगाएर हेर्नुहुदैन ,विप्लवले भने– ‘वास्तविक सुकुम्बासीहरु श्रमिक हुन् । उनिहरुलाई ओत लगाउने ठाउँ दिनु राज्यको दायित्व हो । सरकारी तथ्यांकमा १२-१५ लाख सुकुम्बासी छन् । सुकुम्बासीहरुको पक्षमा लडेको पार्टी नेकपा हो , हाम्रो पार्टी हो । झापादेखी कञ्चनपुर सम्मका सुकुम्बासी बस्तीमा डोजर चल्दा लडेका हामी हौं । सुकुम्बासीका पक्षमा लड्दा अहिलेपनी हाम्रा नेताकार्यकर्ताले झुठा मुद्दा खेपिरहेका छन् ।’
विप्लवले माओवादी भनेको सुखदुखमा लडेको पार्टी भएकाले जनतालाई भुल्न नहुने बताए ।
उनले भने– ‘मेरै आखाँले माओवादीका विचलन , झुकाव ,भड्कावहरु देखेपछी हामी अलग भएका हौं । गल्ती , कमिकमजोरी सच्याएर माओवादी एकताबद्ध हुने बेला आएको छ तर रुपान्तरण सहितको एकताको आवश्यकता हो ।’
महासचिव विप्लवले अहिलेको गणतन्त्रले जनताको जीवन बदल्न नसकेको बताए ।
नेपाली जनताले एकचोटि सबैलाई मौका दिएको सन्दर्भ जोड्दै नेकपालाई मौका दिए मुलुकको विकास र समृद्धिको नयाँ खाका कोर्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित सुकुम्बासीका प्रतिनिधिहरुले महासचिवसंग अन्तरक्रिया गर्दै माओवादी घटकहरुको एकतामा जोड दिएका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.