तुलसीपुर खानेपानीका पूर्व अध्यक्ष खेमराज वली पनि चुनावी चर्चामा?

डेली न्युजराप्ती       २२ बैशाख २०७९ २०:३७ मा प्रकाशित     287 No Comments


तुलसीपुर, २२ बैशाख । पछिल्लो समय चुनावी सरगर्मी बढेसंगै उम्मेदवारहरुको चर्चामा खेमराज वलीको नाम पनि परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रको तर्फबाट उपमेयरमा उम्मेदवारी दिनुभएका वली ठूला पार्टीका उम्मेदवारको चर्चा चलेजस्तै उहाँको नाम पनि चर्चामा छ ।

यसको श्रेय भनेको तुलसीपुर खानेपानी हो । अहिले नेकपा एमाले र गठबन्धनका उम्मेदवारको छलफल र बहस होटल, चोक, चिया पसल, चौतारोमा चलेजस्तै तुलसीपुर खानेपानीका पूर्व अध्यक्ष वलीको पनि त्यसैगरी चर्चा हुने गरेको छ ।

‘सम्भवतः ठूला दलबाट टिकट पाएको भए अनौपचारिक रुपमा पहिला नै जित सुनिश्चित छ भने पनि हुने थियो तर स्वतन्त्रबाट चुनाव लडेकाले बर्षौ सत्तामा पुगेका दलको हाराहारीमा पुग्नु ठूलो कुरा हो । तुलसीपुरको सितलपुर रोडमा सुनैना किराना पसल गरेर बस्ने ५८ बर्षका केबल खत्रीले भन्नुयो,– ‘उनि गए भने काम पनि गर्छन र कसैलाई खान पनि दिन्नन् जस्तो लाग्छ मलाई ।’

बजारले कसरी चिन्छ वलीलाई ?
तुलसीपुर बजारले वलीलाई काम गर्ने व्यक्तिका रुपमा अर्थयाउन गरेको छ । किनकी वलीले विगतमा तुलसीपुर खानेपानीमा आमुल परिवर्तन गरेर देखाई सक्नु भएको छ । २०६४ सालमा तुलसीपुरको खानेपानीमा प्रवेश गर्नुभएका खेमराज वलीको चर्चा त्यतिबेलाबाट नै सुरु भएको हो । यसको एउटै कारण छ लथालिङ्ग र भताभुङग भएको खानेपानीलाई व्यवस्थित गर्नु । पानीको हाहाकारमा रहेका तुलसीपुर बासीलाई सहज पानीको आपूर्ति गरेर वाहवाह कमाएका वली झनपछिझन जनताको माझमा लोकप्रिय बन्दै जानुभयो ।

एक सय २५ वटा चोरीका धारा र एक सय ३५ वटा महशुल नबुझाएर पानी खाइरहेका केहि नवधनाढ्य र बलिया भनिएका संस्थाहरुलाई ठेगान लगाएपछि उहाँ तुलसीपुरमा खानेपानीको राजा नै हुनुभयो । समाजमा प्रतिष्ठित, गन्यमान्यका व्यक्तिदेखि संगठनको दृष्टिकोणले सक्तीशाली मानिएको नेपाली सेनाको १९ नम्बर बाहिनीको समेत धारा काटेर उपमभोक्तलाई सहज रुपमा पानी पुर्याउन थालेपछि बजारबासीमा उहाँको काम गराईको छाप गहिरोगरी बस्यो ।

जसका कारण उहाँले सबै दलहरु एकातिर हुँदा पनि एक्लै चुनाव लड्दै जित्दै गरेर १४ बर्ष तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सफल नेतृत्व गर्नुभयो । यसको एउटै कारण थियो उपभोक्ताले दल हेरेन्न र राम्रो काम गर्न सक्ने योग्य, सक्षम, र जुझारु नेतृत्व हेरे । त्यो गुण खेमराज वलीमा थियो ।

१४ बर्षको अवधिमा उहाँले ३५ सय बाट ८ हजार बढी धारा बितरण गर्नुभयो र खानेपानीबाट छटपटीएका जनतालाई राहात प्रदान गनुभयो । यति मात्र हैन सून्य खाता रहेको खानीपानीमा उहाँले छोडेर जाँदा करिब पौने ६ करोड रुपैयाँ छोडेर जानुभयो । त्यसकारण खेमराज वलीको आज बजारमा चोक चोकमा, गल्लीगल्लीमा चर्चा चलेको छ ।

‘खेम वलीले कहिल्यै आफ्नो हेरेनन् । तेरो मेरो भनेनन् । आफ्नो पार्टी भनेनन् । सबै उपभोक्तालाई समान रुपले हेरे । एकगाग्री पानी ल्याउन पर्सेनी र पातुखोलाका कुवामा लाइन लाग्ने अवस्थाको अन्त्य गरे । त्यसकारणले उनलाई हामीले पटक पटक जिताएका हौं,– तुलसीपुरको बरुगाउँ निबासी टेक बहादुर खड्काले भन्नुभयो,’ उसको गल्ती भनेको ठाडो बोली छ । मिलनसार छैन । तर हामीलाई पानी चाहिएको हो । खुवाएकै थिए । राम्रो पनि गरेका थिए ।’

पुतली चिन्ह प्राप्त गरेका वली हिजोआज मत आफ्नो पक्षमा पार्न तिब्र प्रचार प्रसारमा समेत लाग्नु भएको छ । उहाँको उएटै आशा भनेको विगतमा गरेको काम हो । जो जनताले प्रत्यक्ष रुपमा देख्नेगरी, सुन्नेगरी अनुभूति गर्नेगरी काम गर्नुभएको छ । उपमेयर पदका वलीलाई विप्लव नेतृत्वको नेपाल कम्युनष्टि पार्टीको समर्थन रहेको छ । जो सशर बजार भन्दा पनि गाउँ गाउँमा बलियो पकड बनाएर बसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार