स्ववियु निर्वाचनको तयारीमा अभियान चलाउने अखिल (समाजवादी) लुम्बिनीको निर्णय

डेली न्युजराप्ती       १४ माघ २०८१ २१:४७ मा प्रकाशित     67 No Comments

माघ १४,दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (समाजवादी)ले स्ववियु निर्वाचनको तयारीमा अभियान चलाउने निर्णय गरेको छ ।
सोमबार लमहीको देउखुरी बहुमुखी क्याम्पसमा बसेको संगठनको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले सबै जिल्लाका बैठकहरु तत्काल बस्ने , स्ववियु केन्द्रित अभियान चलाउने , शैक्षिक विकृती एवम विसंगतिका विरुद्ध संघर्ष गर्ने , समाजवादी शिक्षाप्रणालीका बारेमा अन्तरक्रिया गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

बैठकमा प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सीले आसन्न स्ववियु समाजवादी शिक्षा प्राप्तिको रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘गौरवपुर्ण नेपाली बिद्यार्थी आन्दोलन सेलाएको जस्तो भएको छ । अब यसलाई प्रज्वलित गर्ने जिम्मेवारी अखिल समाजवादीको हो । स्ववियु आउँदैछ,यो स्ववियुलाई समाजवादी शिक्षा प्रणाली , समाजवादी राज्यप्रणालीको अभियानका रुपमा लैजानुहोस । नेपालका बिद्यार्थीले अहिलेको शिक्षा प्रणाली र पद्दतीको विकल्प खोजेका छन् , त्यसको विकल्प यो संगठन बन्नुपर्दछ । जहाँ बिद्यार्थी त्यहाँ अखिल (समाजवादी) को नारा सहित प्रदेशभरी अभियान चलाउनुस , संगठनलाई परिचालन गर्नुस । यो स्ववियु कुनैपनि हालतमा बुर्जुवाहरुको हातमा जानू हुँदैन् , यो समाजवादीहरुले चलाउने गरि सोच्नुपर्दछ ।’

नेतृ सम्झनाले स्ववियु निर्वाचन क्लिन स्विप गर्नेगरी अभियान थाल्न संगठनलाई निर्देशन गर्नुभएको थियो ।

oppo_2

यस्तै कार्यक्रममा प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले बिद्यार्थीलाई वैकल्पिक राजनीतिक विचारले प्रशिक्षित गर्दै निर्वाचनमा होमिन आग्रह गर्नुभएको हो ।

उहाँले बिद्यार्थी एक सचेत वर्ग भएकाले निर्धक्क साथ अहिलेको दलाल पुजीवादी राज्यसत्ता संकटको सचेतना फैलाउँदै समाजवादी एजेन्डाका साथ निर्वाचनमा जाने कुरामा ध्यान दिन बताउनुभएको थियो ।

लाखौं बिद्यार्थी समाजवादको पक्षमा रहेकाले स्ववियुको नेतृत्व अखिल (समाजवादी)ले गर्ने बिश्वास व्यक्त गर्नुभएको थियो ।

बैठकमा संगठनका लुम्बिनी प्रदेश सह-इन्चार्ज विज्ञान सीले संगठनको केन्द्रीय कमिटी बैठकको सर्कुलर वाचन गर्नुभएको थियो ।

नेकपाका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सचीव तिलक सी , संगठनका केन्द्रीय सचिवालय सदस्य अनिल सी , जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश वली लगाएतको आतिथ्यता रहेको थियो ।

बैठकको अध्यक्षता एवम सहजीकरण संगठनका केन्द्रीय सचिव एवम लुम्बिनी प्रदेशका इन्चार्ज मदन सीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार