‘कांग्रेस, एमालेलगायत पार्टीका नेताकार्यकर्ताले अध्यादेशको विरोध गर्नु गलत’
दाङ । नेकपाका महासचिव नेकपा र सरकारबीच भएको ३ बुँदे सहमतिअनुसार बन्दीहरुको रिहाइ र झुठा मुद्धा फिर्ताका लागी सरकारले अध्यादेश अगाडी बढाउनु स्वागतयोग्य भएको बताउनुभएको छ । महासचिव विप्लवले मंगलबार एक वक्तव्य जारी गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त रहेको बताउदै तथापि कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई सहमतिलाई लागू गर्न वातावरण निर्माण गर्न सम्माननीय राष्ट्रपतिज्युलाई पार्टी विशेष आग्रहसमेत गर्नुभएको छ । यसैगरी, महासचिव विप्लवले सरकारले अध्यादेश पेश गरे पश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेताहरुका साथै नेकपा (एमाले) का कतिपय नेताहरुले विरोध गरिरहेको सुन्दा आश्चर्य चकित बनाएको उल्लेख गर्दै कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरुलाई यथासिघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत वाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय भएको बताउनुभएको छ । उहाँले सहमति भएको दुई वर्ष बित्न थाल्दा पनि लागु नहुनुमा कतै यस्तै गलत सोच र बुझाईले काम गरेको त छैन भन्ने आशका पैदा गरेको उल्लेख गर्दै सबै पार्टी, नेता, कानुनविद र मानवअधिकारवादीहरु लगायत सवैलाई यसतर्फ सचेत बन्न साथै सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक ग्रहण गरेर सहयोग पुर्याउन विशेष आग्रह समेत गर्नुभएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.