मुक्ति गैरे,पाल्पा माघ २२। पाल्पामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने भएको छ।
आज पाल्पाको तानसेनमा बसेकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज अपेक्षा,राष्ट्रिय जनमाेर्चा नेपाल पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामि,नेकपा (क्रान्तिकारी माओवादी)जिल्ला सचिव लिला श्रेष्ठ सहित बसेकाे तीन दलको संयुक्त बैठकले यहीँ माघ २६ गते तानसेनमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। MCC सम्झौता राष्ट्रघाति भएको र उक्त सम्झौताका केही बुँदाहरु नेपाल सरकारसंग समानान्तर देखिने भएको हुँदा उक्त सम्झौता नेपालमा ल्याउनु ठूलो भुल हुने बताउदै आएका छन। उक्त सम्झौताका नाममा अमेरिकाले आफ्नाे स्वार्थसिद्ध गर्न लागिरहेकोले याे सम्झौता ल्याउन र पास गर्न नहुने समेत ती दलहरुका नेताहरुले बताउने गरेका छन। यसअघि उक्त सम्झौताका विरुद्धमा पटकपटक तानसेनमा विरोध प्रदर्शन भएको थियोे। नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रामपुरमा रहेको MCA काे क्षेत्रीय कार्यालय हटाउन चेतावनी दिदै पत्र समेत बुझाएको थियो । अहिले नेपाल सरकारले निर्णायर्थ प्रस्तुत गर्न लागिरहेको हुँदा उक्त सम्झौताका विरुद्ध जनस्तरमा चर्को आवाज उठिरहेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.