विप्लव नेकपाका कार्यकर्ताद्वारा स्वास्थ्य सेवा कार्यालयका प्रमुखमाथी कालोमोसो

डेली न्युजराप्ती       ३० फाल्गुन २०७८ २०:३८ मा प्रकाशित     526 No Comments


फागुन ३० जाजरकोट। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख माथि कालाेमाेसाे र जुत्ताको माला लगाएर जनकारबाही गरेका छन।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका टीकाराम जैसीलाई कार्यकक्षमै पुगेर भ्रष्टाचार गरेको आरोपमा जैसीलाई सोमबार बिहान ११ बजे कार्यकक्षमा पुगेका युवा संगठन नेपालका नेता/कार्यकर्ताले कालोमोसो दल्दै जुत्ताको माला लगाएर जनकारबाही गरेका हुन।

काेराेना महामारीको समयमा सबभन्दा बढी रकम भ्रष्टाचार गरेकाे उक्त संगठनले जनाएको छ। त्याे बाहेक कार्यालय प्रयाेजन, भौतिक संरचना निर्माण र मर्मत लगाएत विरामीलाई दिनुपर्ने खाजा रकम समेत गरि ५० लाख बढी रकम हिनामिना गरेकाे प्रमुख जैसी माथि आराेप लगाउदै जनकारबाही गरिएको युवा संगठन नेपाल जाजरकोटद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि पनि जाजरकोटकै छेडागाड नगरपालिका-६ का वडा अध्यक्ष रामबहादुर केसीलाई अखिल( क्रान्तिकारी ) जाजरकोटले लाखौ भ्रष्टाचार गरेको भन्दै कालामोसो दलेर जुत्ताको माला लगाएर जनकारबाही गरेको थियो।
प्रेस वक्तव्यको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार