जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशद्वारा पत्रकार महासंघलाई ५ बुदे ज्ञापनपत्र पेश

डेली न्युजराप्ती       १८ मंसिर २०८० १७:२५ मा प्रकाशित     169 No Comments

बुटवल । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई आवेदन दिएका क्रियाशिल पत्रकारहरुको नयाँ सदस्यता कायम गरिनुपर्ने लगायतका विभिन्न ५ बुदे मागहरु राखेर सोमवार ज्ञापन–पत्र बुझाएको छ ।

जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्री र सचिव अनिल नेपालीले संयुक्त रुपमा हस्ताक्षेर गरेको ५ बुँदे ज्ञापनपत्रमा क्रियाशील पत्रकारको सदस्यता पाउनुपर्ने माग गरिएको हो ।

ज्ञापनपत्र संगठनका प्रदेश सचिव अनिल नेपाली र केन्द्रीय सदस्य मानवहादुर सहकारीले महासंघको प्रदेश कार्यालय बुटवलमा पुगेर प्रदेश महासचिव विक्रम खड्कालाई बुझाएका थिए ।

जनपत्रकार संगठनले ज्ञापनपत्रमा कतिपय नयाँ सदस्यताको लागि सिफारिस भएका नामहरु प्रदेशमा रोकिएको र कतिपयको सदस्यता नै हटाईएको विषयमा गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

संगठनले क्रियाशील सवै पत्रकारको सदस्यता कायम गरिनुपर्ने, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा कायम गरिनुपर्ने, सदस्यता छनौट गर्दा दलगत स्वार्थ भन्दा माथि उठेर क्रियाशीलताको आधारमा गर्नुपर्ने र महासंघले संचालन गर्ने तालिमहरुमा जनपत्रकारहरुको पनि सहभागिता गराउनुपर्ने लगायतका मागहरु राखेको छ

ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघका प्रदेश महासचिव खड्काले जनपत्रकारले बुझाएका मागपत्रहरु महासंघले सकरात्मक रुपमा लिने र समस्याको सक्दो पहल गर्ने आश्वान दिएको छ ।

जनपत्रकार संगठनले दिने सुझाबले महासंघलाई थप सहयोग पुग्ने महासचिव खड्काले बताए । सो अबसरमा जनपत्रकार संगठनका सचिव नेपालीले ज्ञापनपत्रका मागहरु गम्भीरतापूर्वक लिएर समस्याको समाधान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार