नेकपा दाङका जनवर्गीय संगठनले निकाले संयुक्त प्रेस बिज्ञप्ति,नेपाल बन्दको समर्थन

डेली न्युजराप्ती       २५ कार्तिक २०७८ २०:३६ मा प्रकाशित     845 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका क्रीयाशिल जनवर्गीय संगठनहरुले संयुक्त प्रेस बिज्ञप्ति जारी गरेका छन।
संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा नेपाली जनताको ढड सेक्नेगरी २०७८ कार्तिक २४ गते पेट्रोल,डिजेल र मट्टीतेलमा रु.३ प्रतिलिटर एलपी ग्यासमा रु.७५ र हवाइ इन्धनमा रु.५ प्रतिलिटर गरिएको मुल्यबृद्धी प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

बिज्ञप्तिमा चर्को मुल्यबृद्धी तत्काल खारेज गरि पेट्रोलियम पदार्थमा भइरहेका चुहावट र भ्रस्टाचारी कर्मचारीहरुमाथी कारवाही गरियोस भनी माग गरिएको छ भने बढाइएको मूल्य नघटाएसम्म देशव्यापी चरणबद्ध संघर्षमा उत्रीन समेत आम दंगाली जनसमुदायलाई आग्रह गरिएको छ।मुल्यबृद्धीको बिरोधमा नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेका नेपाल बन्द लगाएतका संघर्षका कार्यक्रमहरुको समर्थन गर्दै उक्त कार्यक्रममा सक्रियताका साथ ऐक्यबद्धता जनाउन सचेत दंगाली जनसमुदायहरुलाइ बिशेष अपिल समेत बिज्ञप्तिमा भनिएको छ।
संयुक्त प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार