एमसिसि विरुद्ध विप्लवका युवाको पहल , तुलसीपुरका हजारौं जनसमुदायले गरे हस्ताक्षर!

डेली न्युजराप्ती       ६ असार २०८० ०६:११ मा प्रकाशित     111 No Comments

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितीको आयोजनामा तुलसीपुरमा एमसिसी सम्झौता खारेजीका लागि हस्ताक्षर संकलन गरिएको छ ।
तुलसीपुरको बसपार्क स्थित तिनकुने चोकबाट सुरु गरिएको हस्ताक्षरमा संकलन कार्यक्रममा आम जनताले उत्साहपुर्ण ढंगले एमसिसी विरुद्ध हस्ताक्षर गरेका हुन् ।

असार २ गतेदेखी ५ गतेसम्म दैनिक १ घण्टाको समय लिएर गरिएको हस्ताक्षर संकलन कार्यक्रममा करिव ३ हजार जनसमुदायहरुले हस्ताक्षर गरेको युवा संगठन नेपालका राप्ती ब्युरो इन्चार्ज जिवनी सीले बताइन् ।

संगठनले एमसिसि सम्झौता खारेज गर्न र देशलाइ मुक्त गर्न , नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको हुँदा उक्त नक्सा खारेजीका लागि , महंगी , भ्रष्टाचार , कमिसन , लघुवित्त र मिटरव्याजीहरुको ज्यादतीका विरुद्द हस्ताक्षर संकलन गरिएको जनाएको छ ।

देशैभरीबाट एमसिसी विरुद्ध संकलित हस्ताक्षर प्रधानमन्त्री प्रचण्डलाई बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार