महासचिव विप्लवद्वारा आमाकाे स्मृतिमा न्यानो लुगा बितरण

डेली न्युजराप्ती       २० मंसिर २०७९ १७:४४ मा प्रकाशित     118 No Comments

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा सहयोग बितरण कार्यक्रम सम्पन्न भएको छ। महासचिव विप्लवले आमा आशिका देवी चन्दको स्मृतिमा आज न्यानो कपडा वितरण गरेका हुन् ।

जस अनुसार
१) बर्ष ७८को देविमाया सुनार दुई छोरा सहिद शंकर र राजु, घर बनियाभार
२) बर्ष ७७को मनकुमारी बुढा छोरा सहिद सतराज बुढा क. समय, रमुहवादह
३) बर्ष ८६को तुलसी सुनार रेख देख नभएको, अञ्चलपुर
४) बर्ष ७७को बेदे दमाई (एक्लै बस्ने रेख देख नपाएको),अञ्चलपुर
५) बर्ष ७०को हिमा परियार (श्रीमान अपाङ्ग, छोरी १ जना, जमिन आफ्नो नभएको), अञ्चलपुर
६) बर्ष ३५को केहनि थारु (अपाङ्ग, ७ बर्षको छोरा), अञ्चलपुर
७) बर्ष ४९को ओबिलाल सुनार (अपांग, जमिन नभएको), दस नम्बर
८) बर्ष २०को सन्तोष थारु (मानसिक बिरामी), चमरबझिया
९) बर्ष ५२को लाटा थारु(आमाबुबा नभएको भगवानपुर नातेदारकोमा बस्ने )
१०) बर्ष ४८को भरत महरा ( श्रीमति छोरा-छोरी तथा जग्गा जमिन नभएको)लाई न्यानो कपडा दिइएको छ।

उक्त कार्यक्रममा छोराहरुको तर्फबाट विप्लवको नेतृत्वमा न्यानो लुगा बितरण गरिएको थियाे भने जेठी छोरी तुलसादेवी चन्दको नेतृत्वमा र बुहारीहरुको तर्फबाट राजकुमारी चन्दलगायत सम्पूर्ण बुहारीहरूकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार