एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न

डेली न्युजराप्ती       १४ पुष २०८० २०:१४ मा प्रकाशित     110 No Comments

दाङ । एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष प्रदिप बहादुर वलीको अध्यक्षतामा शनिबार तुलसीपुरमा आयोजित संस्थाका जेष्ठ शेयर सदस्य रै बहादुर बस्नेतको प्रमुख अतिथ्य तथा नेकपाका केन्द्रिय प्रतिनिधि समितीका सदस्य पश्चिम दाङका सचीव निर्मल सीको विशेष अतिथ्य र अन्य सहकारीकर्मीहरुको अतिथ्यमा सम्पन्न भएको हो ।

साधारण सभामा सहभागीहरुले राष्ट्रको गरिवी निवारणमा सहकारी संस्थाले गरेको योगदानको प्रशांसा गरेका थिए । ठुला- ठुला आन्दोलनले जसरी राजनीति संरचना परिर्वन हुदै आए त्यसैगरि राष्ट्रको सुगमदेखी दुर्गमसम्म सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए ।

सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने सहभागीहरुले बताए । उनिहरुले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भवनाको वृद्धि गर्नु पर्ने औल्याए ।

राष्ट्रले परिकल्पना गरेको समाजवादको एक महत्वपुर्ण पात्र सहकारी रहेको , सहकारीकर्मीहरुले सहकारी ऐनको परिधिमा रही वित्तिय क्षेत्रमा आउन नसकेको पूँजीलाई वित्तिय क्षेत्रमा ल्याउन सकेकोमा र संकलित पूँजीको सूरक्षणको दायित्तव पनि सहकारीकर्मीहरु नै रहेकोले वित्तिय अनुशाशन भुल्न भनाइ सहकारीकर्मीको जोड थियो ।

सभामा संस्थाका अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने संस्थाले कार्यसमितिमा हेरफेर लगाएतका महत्वपूर्ण निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार