नेकपा दाङद्वारा २ नेतालाइ बिदाई

डेली न्युजराप्ती       ३१ असार २०७९ १८:०८ मा प्रकाशित     587 No Comments


असार ३१,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला समितीका २ नेतालाइ बिदाई गरेको छ।
नेकपा दाङको ९औ पुर्ण बैठकको अवसरमा पार्टीका जिल्ला कमिटी सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम ललितपुर जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका मनोज परियार र पार्टीका जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम संगठनको कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका संजय वलीलाइ बिदाई गरिएको हो।

पार्टी संगठनको आवश्यकता अनुसार नया कार्यक्षेत्रमा जान लाग्नुभएका कमरेडहरुलाइ बिदाई गरिएको नेकपाले जनाएको छ।
नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितल,पार्टी जिल्ला सेक्रेटरी प्रदिप लगाएत बैठकमा उपस्थित अतिथिहरुले रक्तिमोपहार प्रदान गर्दै टीका लगाएर बिदाई गरिएको हो।

बिदाइ हुने द्वय नेताहरुले बैठकमा अनुभुतीजन्य मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार