तुलसीपुर, २६ मंसिर । तुलसीपुरमा जारी महोत्सवको विरोधमा उत्रिएका ब्यबसायीमाथि हातपात भएको छ । तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीमाथि उपमहानगरपालिकाका जनप्रतिनिधिले हातपात गरेका हुन् । विहान १० बजेतिर उपमहानगरपालिकाको गेटमा पुगेका ब्यापारी र जनप्रतिनिधिबीच जम्का भेट हुँदा हातपातको अबस्था सिर्जना भएको हो ।
वार्ताका लागि बोलाइएका ब्यापारी नेताहरुले तुलसीपुरका मेयर टीकाराम खड्काले गेटमा तैनाथ प्रहरीलाई लाठी ठोक्न निर्देशन दिएपछि हातपातको अबस्था सिर्जना भएको हो ।
भण्डारीमाथि तुलसीपुर–१८ का वडाध्यक्ष माधव वलीले छातिमा समातेर लड्न आएको हो भनेर भनेपछि स्थिति तनावपुर्ण बन्न पुग्यो । तुलसीपुर – ११ का वडाध्यक्ष मानबहादुर रावतले पनि त्यसैगरि भिड्ने हिम्मत छ भन्दै केटाहरु ल्याएर आउन चेतावनी दिए ।
यो विषयमा तुलसीपुर उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै दोषीमाथि कारवाहीको माग समेत गरेको छ । यदि माफी नमाग्दासम्म आन्दोलन फिर्ता नलिने संघका महासचिब विनिल केसीले विज्ञप्ति जारी गरि जानकारी दिए ।
त्यस अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विवाद समाधान गर्न पहल थालेका बताए । मंसिर १५ गते स्थानीय सरकार , प्रहरी प्रशासनसहित ब्यबसायीका बीचमा सहमति भएको थियो । तर, त्यो सहमति कार्यान्वयन नगरेको भन्दै संघले विरोध जनाएको छ । आईतबारदेखि तुलसीपुरमा महोत्सव जारी छ । मेला संचालन गर्दा त्यहाँ राखिने स्टल वा सामान बाणिज्य संघ र च्याम्बर अफ कमर्शको सिफारिसमा मात्रै राखिने भन्ने कुरा सहमति भएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाको गेटमा लगाएको ताला खुल्यो:
तुलसीपुर उपमहानगरपालिकाको गेटमा लगाएको ताला खुलेको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र मेला आयोजकबिच जुत्ता, फेन्सी, कस्मेटिक र इलेक्ट्रोनिक स्टल हटाउने सहमतिमा ताला खुलेको हो ।
उद्योग वाणिज्य संघले मेला आयोजकसंग भएको सहमती कार्यान्वयन नभएको भन्दै आइतबारदेखि उपमहानगरपालिकाको मुलगेटमा तालाबन्दी गरेको थियो । यही मंसिर १५ गते आयोजक युथ अफ तुलसीपुर र उद्योग वाणिज्य संघबिच ४ बुंदे सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभएपछि उद्योग वाणिज्य संघ र व्यवसायीहरु पुनः आन्दोलित भएर उपमहानगरपालिकाको मुलगेटमा ताला लगाएका थिए ।
सोमबार आन्दोलनरत पक्ष र मेला आयोजक बिच आपसी सहमतीमा स्टलहरु राख्न पाउने पनि सहमति भएको छ । युथ अफ तुलसीपुरले आइतबारदेखि तुलसीपुरमा मेलाको सुरूवात गरेको छ ।
लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन मेलाको लुम्बिनीका सिँचाई तथा जलस्रोत राज्य मन्त्रीले उद्घाटन गरेका थिए । सहमति विपरित मेला सञ्चालन गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसहितका पदाधिकारी र केही ब्यापारी कालो पट्टी बाँधेर आज विरोध प्रर्दशन गरेका थिए ।
उनीहरूले बिहान नौं बजेदेखि तुलसीपुरको घोराही चोकमा आधा घन्टा चक्काजाम गरि यातायातसमेत ठप्प पारेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.