नेकपा रोल्पाको दोस्रो बैठक सम्पन्न,केन्द्रीय समितिका निर्णयहरु अक्षरंस कार्यान्वयन गर्ने

डेली न्युजराप्ती       १७ कार्तिक २०७९ १७:०५ मा प्रकाशित     202 No Comments

हर्क सी,राेल्पा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी राेल्पाकाे दाेस्राे पुर्ण बैठक जिल्ला सदरमुकाम लिबाङमा बुधबार सम्पन्न भएकाे छ । बैठकले पार्टीको ९औ महाधिबेशनले लिएका निर्णय र लगतै सम्पन्न केन्द्रीय समितिकाे बैठकले लिएका निर्णयहरू अक्षरंस कार्यान्वयन गर्ने निर्णय गरेकाे छ । नेकपा राेल्पाका सेक्रेटरी असिना सीकाे अध्यक्षतामा भएकाे बैठकमा नेकपाका पाेलिटब्युराे सदस्य सुवास सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने बैकल्पिक केन्रद्रीय सदस्यहरू प्रयास सी र दिनेश सी केन्द्रीय प्रतिनिधि सदस्यहरू कुमार सी,बिश्व सी,बिश्लेशन सी र टिकाराम सीकाे आतिथ्यता रहेकाे थियाे भने पार्टी जिल्ला सदस्य र सल्लाहकारहरूकाे उपस्थिति रहेकाे नेकपा राेल्पाले जानकारि दिएकाे छ । स्मरण रहाेस नेकपाकाे असाेज २५ गते देखि ३१ गते सम्म कपिलवस्तुमा सम्पन्न पार्टीको ९औ महाधिवेशन ले आसन्न संघ र प्रदेशकाे निर्वाचन सशक्त खारेज गर्ने निर्णय गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार