कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले अमेरिकी साम्राज्यवाद नयाँ रूपमा आइरहेकाे बताएका छन् ।
कपिलवस्तुस्थित पार्टी कार्यालयमा भइरहेको केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा प्रशिक्षण दिदै उनलेे यस्तो बताएका हुन् ।
नेता सुशीलले अमेरिकी साम्राज्यवाद सत्ताका संरचना, आर्थिक, प्राविधिक र राजनीतिक दलहरूलाई दलाल बनाएर आइरहेकाे बताए ।
स्थायी समिति सदस्य सुशीलले पार्टी एकता तत्कालको विषय नभएर रणनीतिक विषय भएको र विचारमा रुपान्तरण भएपछि मात्र एकता हुनसक्ने बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.