युवा संगठन नेपाल दाङ द्वारा सिडियो कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश

डेली न्युजराप्ती       ३१ भाद्र २०७८ ०७:०६ मा प्रकाशित     495 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिती दाङले जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुदे सहमती कार्यान्वयनको माग गर्दै धर्ना गरिएको हो। संगठनले झन्डै एक घण्टा प्रशासन कार्यालयको अगाडि धर्ना दिएको थियो। धर्ना कार्यक्रममा संगठनका राप्ती व्युरो इन्चार्ज तथा जिल्ला तहका नेता-कार्यकर्ताको सहभागिता रहेको थियो।

तिन बुदे सहमती कार्यान्वयनका लागि ज्ञापनपत्रसमेत पेश
युवा संगठन नेपाल दाङले आजै जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना पश्चात् प्रशासन कार्यालयका सहायक प्रमुख मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवार काठमाडौलाई ज्ञापनपत्र पेश गरेको हो। ज्ञापनपत्रमा संगठनले तीन बुदे मागहरु उल्लेख गरेको छ। राजनितिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दाहरु खारेज हुनुपर्ने,राजनितिक आस्थाका आधारमा बन्दी बनाईएका आस्थाका बन्दीहरुलाइ निसर्त रिहाइ गर्नुपर्ने र जनमतसंग्रहका लागि उचित बाताबरण तयार गर्नुपर्ने मागहरु रहेका छन।

यस्तै ज्ञापनपत्रमा राजनितिक सहमतीलाई लत्याउदै राज्यले दमनको चक्र चलाउने नीति अख्तियार गरे यसले देशलाइ द्वन्दमा धकेल्ने निश्चित रहेको स्पष्ट उल्लेख गरिएको छ। युवा संगठन नेपाल दाङ जिल्ला अध्यक्ष तुलसी चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्र युवा संगठन नेपालका राप्ती व्युरो इन्चार्ज तिलकले पेश गरेका थिए। यस्तै राप्तीका सबै जिल्लाहरुमा संगठनले जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश गरेको इन्चार्ज तिलकले जनाएका छन।
ज्ञापनपत्रको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार