नेपाल कम्युनिस्ट पार्टीका नेताहरुद्वारा लुम्बिनी प्रदेश सभामुख घर्तीसंग भेटघाट

डेली न्युजराप्ती       २३ जेष्ठ २०८१ १३:५४ मा प्रकाशित     64 No Comments

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसँग भेटघाटको क्रममा पार्टीका नेताहरुले वर्तमान राष्ट्रिय राजनीतिको संकट तथा देशमा भए गरेका समसामयिक विषयमा छलफल गरेको पार्टी कार्यालय दाङले जनाएको छ । साथै पार्टीले प्रदेश सरकारलाई जनताले प्रत्यक्ष रुपमा प्रदेश सरकारको अनुभूति गर्नेगरी काम गर्नुपर्ने सल्लाह सुझाब दिएको पार्टीले जनाएको हो ।

त्यस्तै भेटघाट कार्यक्रममा पार्टीले प्रकाशनमा ल्याएको सी सपना त्रैमासिक पत्रिका प्रदेश सभामुख घर्तीलाई पार्टीका केन्द्रीय सदस्यद्वय विक्रम सी र सम्झना सीले संयुक्त रुपमा हस्तान्तरण गरेको थिए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्री सदस्य तथा दाङ क्षेत्र नं. १ का इञ्चार्ज विक्रम सी, पार्टीकी केन्द्रीय सदस्य सम्झना सी र पार्टीको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङका इञ्चार्ज पदम सीलगयातको टोली भेटघाटको लागि प्रदेश सभामुखको कार्यालयमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार