महंगी घटाउ वा भ्रष्टचारी नेतालाइ हटाउ भन्दै बिरेन्द्र चोकमा युवाहरु प्रदर्शनमा

डेली न्युजराप्ती       १३ जेष्ठ २०७९ १२:३९ मा प्रकाशित     376 No Comments


जेठ १३,तुलसीपुर। पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यबृद्दीको बिरोधमा तुलसीपुरका केही युवाहरु प्रदर्शनमा उत्रीएका छन।
कुनैपनी पार्टी वा दलमा आबद्ध नरहेका स्वतन्त्र युवाहरु प्रदर्शनमा उत्रीएका हुन। बिहानैदेखी तुलसीपुरको बिरेन्द्र चोकमा १०/१२ जना युवाको समुहले ‘पेट्रोल,ग्यास महङ्गाइ घटाउ या भ्रष्टाचारी नेतालाई हटाउ’ भन्ने ब्यानर चोकमा टासेर हात-हातमा मुल्यबृद्दीको विरुद्धका पम्प्लेट सहित प्रदर्शन गरिरहेका छन। प्रदर्शनकारी युवाहरुले माइकिङ,नाराबाजी नगरी पम्प्लेट हातमा समाएर मौन प्रदर्शन गरिरहेका छन।

प्रदर्शनमा सहभागी तुलसीपुरको हिमाल एकाडेमी कक्षा ११ मा अध्ययनरत तुलसीपुर हात्तीखौवा निवासी आर्जन बस्नेत ले जनता जगाउन प्रदर्शन गरेको बताए। उनले भने– ‘सरकारको भन्दा जनताको आँखा खोल्न चाहेका हौं,जनताको अगाडि सरकार कुनै ठूलो कुरा होइन। जनताको शासन हो,बोल्न पाउनुपर्छ,अहिले नबोले कहिले बोल्ने,हामिले नबोले कसले बोल्ने,अहिले नगरे कहिले गर्ने?’
बस्नेतले नेपाल आयल निगमले झुटो विवरण पेस गरेर पटकपटक मुल्यबृद्धी गर्दापनि अर्बौं घाटा भएको प्रती आक्रोश व्यक्त गरे।
प्रदर्शनमा तुलसीपुरका बिभिन्न निजि बिधालयहरु ज्ञानज्योती,ग्रेट अरनिको,त्रिदेव बोर्डिङ स्कुल लगाएतका बिधालयमा अध्ययनरत बिद्यार्थीहरु सहभागी रहेको प्रदर्शनकारी आर्जन बस्नेतले न्युजराप्तीलाई बताएका छन।

निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो ।

हवाई इन्धन (अन्तरिकतर्फ) को १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।​ निगममा अनुसार अन्तराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिवेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार