तुलसीपुर-१७ मा मतदान सुरु

डेली न्युजराप्ती       ३ जेष्ठ २०७९ ०७:४९ मा प्रकाशित     247 No Comments


३-जेठ। नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैशाख ३० गते स्थगित भएको मतदान आज मंगलबार सुरु भएको छ।

मतदान आज विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा वडाध्यक्ष पदका लागी त्रिपक्षिय भिडन्त हुन थालेको छ । गठवन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेको तर्फबाट स्वर्गिय लवरु चौधरीका छोरा प्रदिप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका प्रत्यासी बनेका छन् ।
उक्त वडामा जम्मा ६ हजार १ सय ७० मतदाता रहेका छन् । वडाका दुई स्थानमा मतदान हुने छ ।

जनकल्याण माध्यमिक विद्यालय दुधरासको बुथमा २ हजार ७ सय ५६ र दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथमा ३ हजार ४ सय १४ मतदाताले मतदान गर्ने छन् । वडाका दुवै बुथमा निर्वाचन सम्पन्न भएपछि मात्रै तुलसीपुर उपमहानगरपालिकाको यसअघिनै मतदान भएका वडाहरुको मतगणना सुरु हुने निर्वाचन कार्यालय तुलसीपुरले बताएको छ ।

मतदान सम्पन्न भएर मतपेटिका तुलसीपुर पुग्नासाथ सर्वदलिय बैठक बसेर तत्काल मतगणना सुरु हुने बताइएको छ । मतगणना सरकारी वकिलको कार्यालय तुलसीपुरमा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार