दाङ। नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम दाङ जिल्ला जीवन गौतमले पार्टी परित्याग गरेका छन् । घोराहीमा पत्रकार सम्मेलन गर्दै गौतमले पार्टीबाट विद्रोह गरेको बताएका हुन् ।
उनी माओवादी केन्द्रको तर्फबाट घोराही उपमहानगरपालिका मेयरमा प्रमुख दावेदार थिए। गौतम यसअघिको निर्वाचनमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीसँग पराजित भएका थिए । पार्टीभित्र चरम गुटबन्दी र गैर कम्युनिस्ट चरित्र देखिएको भन्दै राजीनामा दिएएको उनले बताए ।
‘पार्टीभित्र धेरै गुटबन्दी भयो । अत्यन्त षड्यन्त्रकारी कार्यशैली भए । चुनावको नजिक झन गुटबन्दी देखापर्यो । स्वाभीमान र इज्जत बचाउन लागेँ,’ उनले भने,’ स्वाभीमान र आदर्श जोगाउन माओवादी केन्द्र छोड्ने निष्कर्षमा पुगे । ’ उनले आफू राजनीतिक कार्यकर्ता भएको भन्दै सामाजिक कार्यबाट विमुख नहुने बताए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.