ज्ञान ज्योतिले चुम्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी

डेली न्युजराप्ती       १७ असार २०७९ ०६:४७ मा प्रकाशित     197 No Comments

तुलसीपुर। तुलसीपुर नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड–२०७९ को उपाधि ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुरले प्राप्त गरेको छ ।पशुपति माध्यमिक विद्यालय तुलसीपुर–१२ हरिपौरा, दाङले आयोजना गरको प्रतियोगिता असार ७ देखि १० गतेसम्म तुलसीपुर–१८ बेलझुण्डी रंगशालामा सञ्चालित थियो ।

जसमा तुलसीपुर क्षेत्रका ३२ वटा विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा ज्ञान ज्योतिले विभिन्न खेलमा ८ स्वर्ण, ३ रजत र ३ कास्य गरी जम्मा १४ पदक हात पार्दै प्रथम स्थान हासिल गरेको हो । उपाधि प्राप्त भएपछि ज्ञान ज्योतिले विविध कार्यक्रमहरु सम्पन्न गरेर खुशीयाली मनाएको छ । जसअन्तर्गत खेलाडिहरुको सम्मान, विजय उत्सव,र्यालीलगायतका कार्यक्रमहरु गरिएको विद्यालयका खेलकूद संयोजक सुरज वलीले बताएका छन ।

प्रतियोगिताको विहीवार पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार नै प्रतियोगिता सम्पन्न भए पनि विविध कारणले पुरस्कार तथा प्रमाणपत्र वितरणमा ढिलाई भएको आयोजकले जनाएको छ । प्रतियोगितामा गोरखा मावि तुलसीपुरले द्वितीय र ग्रेट अरनिको माविले तृतीय स्थान हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार