घोराहीमा गठबन्धनका डायमण्डलाई हराउदै, एमाले नरुलाल विजयी

डेली न्युजराप्ती       ५ जेष्ठ २०७९ ०६:४५ मा प्रकाशित     303 No Comments


जेठ ५,दाङ। घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । गएराती अवेर सकिएको अन्तिम मतगणनाको मतपरिणाम अनुसार मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित हुनु भएको छ । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गर्नुभएको हो । चौधरी ३१७२८ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाका प्रतिष्प्रर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ । उपमेयरमा एमालेका हुमा डिसी निर्वाचित हुनु भएको छ ।

डिसीले ३०४०३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो भने गठबन्धनका तर्फबाट कांग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । चौधरी यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित हुनु भएको थियो भने उपमेयरमा पराजित कांग्रेसका डाँगीले २०७४ सालको स्थानिय तहको निर्वाचनमा मेयर पदमा चौधरी संग पराजित हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार